बाँकेको यु–१३ छनोट फुटबलमा उत्साह जनक सहभागिता
नेपालगन्ज, १७ चैत । बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु१३ छात्रछात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ । संघले नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट...
आत्मनिर्भर बन्दै खजुराका किसान
नेपालगन्ज, १७ चैत : बाँकेका स्थानीय तहले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरु कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन्...
दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन
नेपालगन्ज १७ चैत स् नेपालगञ्ज उपमहानगरपालिका२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था...
विवरण उपलब्ध गराउन क्रसर उद्योगको अटेरी
नेपालगन्ज १७ चैत : बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी...
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला
नेपालगन्ज, १७ चैत :बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ ९सफारीका लागि बाटो० खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था...
कवि अस्तुको अध्यक्षतामा स्रष्टा समाजको नयाँ कार्यसमिति
नेपालगन्ज, १७ चैत्र । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगन्जको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । शनिबार नेपालगन्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले अध्यक्षमा अस्तुसहित...
त्रिविले अब अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने
नेपालगन्ज १६ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा...
वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम
नेपालगन्ज, चैत १६ । बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका...
मानव अधिकार ज्यादतीका घटनाको न्यूनिकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड
नेपालगन्ज, १६ चैत । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको न्यूनिकरणका लागि सम्पुर्ण सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिइएको छ । मानव अधिकारको सवाल हरेक विषयसंग जोडिएकाले सबै क्षेत्रमा अधिकारको रक्षाका लागि सबैको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड...
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
नेपालगन्ज, १६ चैत : बाँकेमा बिहेवारी बीस वर्षपारि अभियानलाई सफल बनाउन चुनौती देखिएको छ । उक्त अभियानको सफलताका लागि जिल्लाका विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि, स्थानीय युवाले संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रम गरेपनि मुस्लिम र मधेसी समुदायमा बालविवाह रोक्न चुनौती देखिएको हो ।...
बालविवाह अन्त्यका लागि दश वर्षे रणनीतिबारे कार्यशाला
नेपालगन्ज १५ चैत । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश वर्षे रणनीतिमा भएका व्यवस्था कार्यान्वयनमा रहेका चुनौती, सम्भावना र स्थानीय सरकारको भूमिका बिषयमा बाँकेका सरोकारवालाबीच कार्यशाला गरिएको छ । नेपालगञ्जमा बिहीवार आयोजना गरिएको कार्यशालामा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक...
कांग्रेस बाँकेद्धारा क्रियाशील सदस्यता नवीकरण गर्न सर्कुलर
नेपालगञ्ज, चैत १५ । नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा आज ९विहिबार० बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।...
शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो
नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो...
काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल
नेपालगञ्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको प्रेस युनियन संवाद मा उपाध्यक्ष मल्लले विकास निर्माण योजनाको अनुगमनमा सुरुवाती चरणमा...
कृष्णसारद्धारा निलसागर आश्रममा केक उत्सव
नेपालगन्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्जले १६औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार नेपालगञ्जस्थित निलसागर सेवाआश्रममा रहेका बालबालिका तथा अभिभावकहरुसंग केक उत्सव मनाएको छ । खुल्ला आकाशलाई छाना र धर्तीलाई बिच्छ्यौना बनाई सडकजीवन बिताउन विवश बुवाआमा तथा अभिभावकविहीन बालबालिकाहरुलाई...
कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश
नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले...