Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

डेक्स

डेक्स

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत
ADVERTISEMENT

चन्द्र बि.क.

बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित विशेष समारोहमा पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो । 

नागरिक मूल समारोह समितिले आयोजना गरेको समारोहमा पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले पत्रकार पौडेललाई पृथ्वी पुरस्कार प्रदान गर्नुभयो । पृथ्वीनारायण शाहको शालिक निर्माणमा समेत योगदान पु¥याएकाले संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले स्थापना गरेको पृथ्वी पुरस्कारबाट पत्रकार तथा पृथ्वी विचारक पौडेललाई रु एक लाख नगदको पुरस्कार प्रदान गरिएको हो । 

सांसद गौतमले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वीनारायण शाहले दिएको दिव्य उपादेशलाई अवलम्बन गर्न सुझाव दिदै उहाँले देशलाई पराराष्ट्र नीतिमा कसरी बलियो बनाउने, अर्थलाई कसरी बलियो बनाउने र छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कसरी राम्रो बनाउने लतायतका कुराहरु दिव्य उपादेशमा रहेको उल्लेख गर्नुभयो । 

पुरस्कार प्राप्त गर्नुभएका पृथ्वी विचारक पौडेलले हामी बिच एकता नहुँदा हाम्रो देश विकासमा पछि परेको भन्दै उहाँले भन्नुभयो,–‘यदि हामी बिच एकता कायम भयो भने नेपाललाई समृद्धि बनाउन धेरै समय कुर्न पर्दैन् ।’ त्यसैले हामी एक हुन आवश्यक छ भन्नुभयो । उहाँले आफुले गरेको कार्यको मुल्यांकन गरी संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पृथ्वी पुरस्कार दिई सम्मान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । 

नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीले २०६५ सालदेखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु भएको बताउनुभयो । उहाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिनुभएको उपदेशलाई आत्मसाथ गरेमा मुलुकमा शान्ति, सुरक्षा र समृद्धतर्फ अघि बढ्ने विश्वास गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सूर्य बहादुर बिष्ट, नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाशसिंह राठौर, नेकपा माओवादीका युवा नेता गेहेन्द्र प्रसाद ढकाल, राप्रपाका नेता पार्वती लम्साल, राप्रपा नेपालका रिजवान हास्मी र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायतले बोल्नुभएको थियो । 

नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीको अध्यक्षतामा भएको सो समारोहमा विभिन्न राजनितिक दलका प्रतिनीधि, सामाजिक संघ संस्थाहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकाय र संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा नेपाली सेनाबाट सैनीक सलामी अर्पण, स्थानीय साँस्कृतिक झाँकी प्रर्दशन र जय हरियाली अभियानद्धारा बृक्षारोपण गरिएको थियो । २०६५ साल देखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु भएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…