Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत

डेक्स

डेक्स

राष्ट्रिय एकता दिवसमा पत्रकार पौडेल पुरस्कृत
ADVERTISEMENT

चन्द्र बि.क.

बर्दिया, २७ पुस । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित विशेष समारोहमा पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेललाई सम्मान तथा पुरस्कार प्रदान गरियो । 

नागरिक मूल समारोह समितिले आयोजना गरेको समारोहमा पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले पत्रकार पौडेललाई पृथ्वी पुरस्कार प्रदान गर्नुभयो । पृथ्वीनारायण शाहको शालिक निर्माणमा समेत योगदान पु¥याएकाले संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले स्थापना गरेको पृथ्वी पुरस्कारबाट पत्रकार तथा पृथ्वी विचारक पौडेललाई रु एक लाख नगदको पुरस्कार प्रदान गरिएको हो । 

सांसद गौतमले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै पृथ्वीनारायण शाहले दिएको दिव्य उपादेशलाई अवलम्बन गर्न सुझाव दिदै उहाँले देशलाई पराराष्ट्र नीतिमा कसरी बलियो बनाउने, अर्थलाई कसरी बलियो बनाउने र छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कसरी राम्रो बनाउने लतायतका कुराहरु दिव्य उपादेशमा रहेको उल्लेख गर्नुभयो । 

पुरस्कार प्राप्त गर्नुभएका पृथ्वी विचारक पौडेलले हामी बिच एकता नहुँदा हाम्रो देश विकासमा पछि परेको भन्दै उहाँले भन्नुभयो,–‘यदि हामी बिच एकता कायम भयो भने नेपाललाई समृद्धि बनाउन धेरै समय कुर्न पर्दैन् ।’ त्यसैले हामी एक हुन आवश्यक छ भन्नुभयो । उहाँले आफुले गरेको कार्यको मुल्यांकन गरी संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले पृथ्वी पुरस्कार दिई सम्मान गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । 

नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीले २०६५ सालदेखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु भएको बताउनुभयो । उहाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिनुभएको उपदेशलाई आत्मसाथ गरेमा मुलुकमा शान्ति, सुरक्षा र समृद्धतर्फ अघि बढ्ने विश्वास गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष सूर्य बहादुर बिष्ट, नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाशसिंह राठौर, नेकपा माओवादीका युवा नेता गेहेन्द्र प्रसाद ढकाल, राप्रपाका नेता पार्वती लम्साल, राप्रपा नेपालका रिजवान हास्मी र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायतले बोल्नुभएको थियो । 

नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीको अध्यक्षतामा भएको सो समारोहमा विभिन्न राजनितिक दलका प्रतिनीधि, सामाजिक संघ संस्थाहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकाय र संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा नेपाली सेनाबाट सैनीक सलामी अर्पण, स्थानीय साँस्कृतिक झाँकी प्रर्दशन र जय हरियाली अभियानद्धारा बृक्षारोपण गरिएको थियो । २०६५ साल देखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु भएको छ । 


ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…