मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता
बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको समन्वय र समुदायस्तरको सक्रियतालाई प्रभावकारी बनाउने उद्देश्यले बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय मानब बेचबिखन नियन्त्रण समितिको बैठक बसेको छ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ । नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन ।...
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ । वर्षायाममा केही सुनसान बनेका यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ । चाडपर्वको अवसर पारेर घर फर्किएका स्थानीय,...
बर्दियामा अवैध हतियार फेला पर्दै
बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा...
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन...
छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार
बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाकी एक आमाले छोरीलाई ३० लाख रुपैयाँको जीवन बिमा योजना उपहार दिनुभएको छ। बढैयाताल गाउँपालिका८, बर्मेली टोल निवासी लक्ष्मी कार्कीले आफ्नी छोरी...
आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत
बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय सिल्की चामल तयार पार्न पाउने भएका छन् । स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक सिल्की चामल मिल जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय...
नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु
नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो ।...
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश
नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आइतवार साँझ वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रजसम्मान कार्यक्रम गरिएको छ ।कार्यक्रमलाई सम्वोधन गर्ने व्यक्तित्वहरुले स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।...
बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन
बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा संस्थाको व्यवस्थापन टोलीले दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ । बाँके युनेस्को क्लब र प्लान...
बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन
बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले बाँके युनेस्को क्लबले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै सो परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत...
आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै
काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र...
प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल
नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा नेपालगन्जमा कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला कानून र बिकास मञ्चका कार्यक्रम ब्यवस्थापक अधिवक्ता दीपेश श्रेष्ठले सुरक्षित मातृत्व...
७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान
नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको आयोजनामा अस्पतालको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके...
श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय
नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ । श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिनुभयो...