Pairabi logo

मंसिर १३, २०८३, शनिबार                    

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

डेक्स

डेक्स

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम परियोजना समीक्षा तथा सिकाइ आदान प्रदान बैठक सफलतापूर्वक सम्पन्न भएको छ । बैठकमा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधिहरू, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू तथा परियोजना कर्मचारीहरूको सहभागिता रहेको थियो । 

बैठकको प्रमुख उद्देश्य परियोजनाका निर्धारित लक्ष्य तथा अपेक्षित उपलब्धिहरूको तुलनामा भएको प्रगति र उपलब्धिहरूको समीक्षा गर्नु, समुदायस्तरमा परियोजनाले पारेको प्रभाव तथा योगदानको मूल्याङ्कन गर्नु, असल अभ्यास र सिकाइहरू अभिलेखीकरण गर्नु, कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको विश्लेषण गर्नु तथा परियोजनाका हस्तक्षेपहरूको दिगोपना सुनिश्चित गर्न व्यावहारिक सुझाव र आगामी कार्ययोजना पहिचान गर्नु रहेको थियो। 

साथै, प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, स्थानीय सरकार तथा अन्य सरोकारवालाबीच संस्थागत सहकार्य, जवाफदेहिता, समन्वय र साझा स्वामित्वलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा पनि बैठकले भूमिका निर्वाह गरेको थियो।

बैठकमा परियोजना संयोजक  ईश्वर बि।क।ले परियोजनाको समग्र प्रगति, नतिजाअनुसारका उपलब्धिहरू, प्रमुख सफलताहरू, असल अभ्यास, महत्वपूर्ण सिकाइ, कार्यान्वयनका चुनौतीहरू तथा दिगोपना योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँको प्रस्तुतीकरणले बाल संरक्षणका संयन्त्रहरू सुदृढीकरण, मानव बेचबिखन तथा ओसारपसारको रोकथाम, सुरक्षित आप्रवासन प्रवर्द्धन, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा बालबालिका, युवा, अभिभावक, विद्यालय र स्थानीय सरकारी संस्थाहरूको क्षमता तथा सशक्तीकरणमा परियोजनाले पुर्‍याएको महत्वपूर्ण योगदानलाई उजागर गरेको थियो ।

त्यसैगरी, फिल्ड  सुपरभाइजर साबित्रा भाट र प्रमिशा थारूले समुदाय स्तरमा कार्यान्वयनका क्रममा प्राप्त व्यावहारिक अनुभव, सिकाइ तथा परियोजनाका बाट देखिएका सकारात्मक परिवर्तनहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको अनुभव आदानप्रदानले समुदायको अर्थपूर्ण सहभागिता, युवाको नेतृत्वमा सञ्चालित पहल, अभिभावकको संलग्नता, विद्यालयमा आधारित कार्यक्रम तथा स्थानीय सरोकारवालासँगको सहकार्यले बाल संरक्षण सुदृढीकरण र मानव बेचबिखन तथा ओसारपसारको रोकथाममा खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गरेको थियो ।

यसै क्रममा वित्त तथा लजिस्टिक अधिकृत सञ्जय चौधरी ले परियोजनाको वित्तीय प्रगतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो। बैठकमा सुरक्षा परियोजनाका प्रमुख गतिविधि, उपलब्धि, समुदायस्तरमा देखिएका परिवर्तन तथा समग्र कार्यान्वयन यात्रालाई समेटिएको भिडियो वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

उक्त वृत्तचित्रले सहभागीहरूलाई परियोजनाको कार्यान्वयन प्रक्रिया पुनः स्मरण गर्दै बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका लक्षित समुदायमा परियोजनाले पुर्‍याएको योगदान तथा प्रभावबारे समीक्षा र आत्ममूल्याङ्कन गर्ने अवसर प्रदान गरेको थियो।

प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय ब्यबस्थापक मीना पराजुलीले सुरक्षा परियोजनाको सफल कार्यान्वयनमा बाँके युनेस्को क्लब तथा परियोजना टोलीले निर्वाह गरेको भूमिका, समर्पण र योगदानको उच्च प्रशंसा गर्नुभएको थियो। उहाँले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण सुदृढीकरणका लागि परियोजनाले समुदायस्तरमा पुर्‍याएको सकारात्मक प्रभाव, सहकार्यमा आधारित कार्यशैली तथा स्थानीय सरोकारवालाहरूको प्रभावकारी सहभागितालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । 

साथै, परियोजनाबाट हासिल भएका उपलब्धिहरूलाई दिगो बनाउन स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालासँगको निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिँदै परियोजनाले स्थापना गरेका सफल अभ्यास तथा संयन्त्रहरूलाई परियोजना समाप्तिपश्चात् पनि क्रियाशील राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्लान इन्टरनेशनल नेपालको केन्द्रीय टोलीका प्रतिनिधि सन्देश शिल्पकारले परियोजनाका समग्र उपलब्धि, कार्यान्वयनका प्रयास तथा मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र बाल संरक्षण प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले परियोजनाका असल अभ्यास तथा सिकाइहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, स्थानीय स्वामित्वलाई थप सुदृढ बनाउने तथा स्थापित संयन्त्र, संस्थागत क्षमता र समुदायमा आधारित पहलहरूलाई प्रभावकारी समन्वय, निरन्तर अनुगमन तथा स्थानीय सरकार र अन्य सम्बन्धित कार्यक्रमहरूसँगको सहकार्यमार्फत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

बैठकको अध्यक्षता बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले गर्नुभएको थियो । समापन मन्तव्यका क्रममा उहाँले परियोजना कार्यान्वयन अवधिभर प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्यहरू, परियोजना कर्मचारी, स्थानीय सरकार तथा समुदायस्तरका सरोकारवालाहरूले पुर्‍याउनुभएको सामूहिक प्रयास, सहकार्य र योगदानप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सुरक्षा परियोजनाबाट हासिल भएका उपलब्धिहरू परियोजना अवधिमा मात्र सीमित नरही आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने उल्लेख गर्दै संस्थागत प्रतिबद्धता, सामूहिक जिम्मेवारी र स्थानीय सरकार तथा विकास साझेदारहरूसँगको प्रभावकारी समन्वयमार्फत ती उपलब्धिहरूलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, उपलब्धिहरूको दिगोपना सुनिश्चित गर्न आवश्यक आगामी पहलहरूमा निरन्तर सहकार्य र योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

बैठकमा प्लान इन्टरनेशनल नेपालको केन्द्रीय तथा क्षेत्रीय टोलीबाट शान्ति उपाध्याय, गीता बिडारी,शान्ति थापा र दुर्गा क्षेत्रीको सहभागिता रहेको थियो भने बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यसमिति सदस्यहरू मीना चौधरी र सपना परियार तथा सुरक्षा परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अन्तिम परियोजना समीक्षा तथा सिकाइ आदानप्रदान बैठकले सुरक्षा परियोजनाले निर्धारित लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नुका साथै लक्षित समुदायमा बाल संरक्षण सुदृढीकरण र मानव बेचबिखन तथा ओसारपसारको रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको थियो। परियोजनाले एकीकृत तथा समुदायकेन्द्रित कार्यपद्धतिमार्फत बालबालिका, युवा, अभिभावक, विद्यालय, समुदायमा आधारित समूह तथा स्थानीय सरकारी संस्थाहरूको सचेतना र क्षमता अभिवृद्धि गर्दै मानव बेचबिखन तथा ओसारपसार र बाल संरक्षणसँग सम्बन्धित जोखिमहरूविरुद्ध सामूहिक पहल तथा कार्यलाई प्रोत्साहन गरेको छ।

आगामी दिनमा राजापुर र मधुवन नगरपालिकाहरू, सम्बन्धित सरकारी निकायहरू, समुदायस्तरका संरचनाहरू, विद्यालयहरू, युवा सञ्जालहरू तथा सञ्चालनमा रहेका र भविष्यमा सञ्चालन हुने अन्य विकास कार्यक्रमहरूसँग निरन्तर समन्वय, सहकार्य र अनुगमनलाई प्राथमिकता दिनुपर्ने विषयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले विशेष जोड दिएका छन्।

रियोजनाबाट प्राप्त सफल अभ्यासहरूलाई स्थानीय सरकारका नीति, योजना तथा बजेटमा समावेश गर्ने, स्थानीय स्वामित्व सुदृढ बनाउने, समुदायस्तरमा सचेतनामूलक अभियानलाई निरन्तरता दिने तथा प्रभावकारी सिफारिस, सेवा प्रवाह र समन्वयका संयन्त्रहरूलाई क्रियाशील राख्ने कार्य परियोजनाका उपलब्धिहरूको दिगोपनाका लागि महत्वपूर्ण हुने निष्कर्ष निकालिएको छ।

बैठकले परियोजनाबाट हासिल भएका उपलब्धि तथा सिकाइहरूलाई दीर्घकालीन सामुदायिक पहल र व्यवहारमा रूपान्तरण गर्ने साझा प्रतिबद्धताका साथ समापन भएको थियो ।

ताजा

सबै

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

लोकप्रिय

सबै

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदान प्रदान

बर्दिया । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा प…

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

उद्यमशीलता, नवप्रवर्तन र दिगो अवसरमार्फत युवा सशक्तीकरण

बर्दिया, ११ मासिंर । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…