Pairabi logo

मंसिर १०, २०८३, बुधबार                    

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

डेक्स

डेक्स

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने
ADVERTISEMENT

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न क्रियाशील सार्वजनिक सरोकार कानून व्यवसायी समूहले लैगिक हिंसाबिरुद्धको १६दिने अभियानभर लैगिक हिंसा पीडितलाई निशुल्क कानूनी सहयोग गर्ने जनाएको छ । अभियान नोभेम्बर महिनाको २५ तारेख देखि डिसेम्बर १० तारेखसम्म संचालन गरिन्छ । 

समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा बुधवार नेपालगंजमा बसेको बैठकले बिशेष गरि लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियानभर समुहमा आवद्ध कानून ब्यवशायीहरुले कानूनी सहायता परेका पीडितहरुलाई सेवा दिने स्वधोषणा गरेको समुहका सहसंयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।

बैठकले सार्वजनिक सरोकारका मुद्दामा निरन्तर वकालत तथा पैरवी गर्ने, सार्वजनिक सरोकारका बिषयमा बिभिन्न अदालतबाट भएका महत्वपूर्ण फैसलाको प्रभावकारी कार्यान्वयन, नयाँ सार्वजनिक सरोकारका विषयको पहिचान र न्यायिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्ने कार्यलाई आगामी दिनमा प्राथमिकता दिने गरि जिम्मेवारी वाडफाड गरिएको छ । 

बैठकमा सार्वजनिक सरोकारका मुद्दामार्फत नागरिकका अधिकार संरक्षण गर्न हासिल भएका उपलब्धि, फैसला कार्यान्वयनको अवस्था, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको समूहका सहसंयोजक तथा प्रवक्ता अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो । 

समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका फैसलाले नागरिकको हकअधिकार संरक्षण र सार्वजनिक निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै फैसला कार्यान्वयनलाई उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, अदालतबाट सकारात्मक र दूरगामी महत्वका फैसला भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसके नागरिकले न्यायको वास्तविक अनुभूति गर्न सक्दैनन्।

त्यसैले कानुनी लडाइँसँगै फैसला कार्यान्वयनका लागि निरन्तर अनुगमन, सरोकारवालासँग समन्वय तथा आवश्यक कानुनी र दबाबमूलक पहल गरिनेछ।

बैठकले नयाँ सार्वजनिक सरोकारका मुद्दा तथा विषय पहिचान गरी आवश्यकताअनुसार न्यायिक उपचारको पहल गर्ने, अदालतका फैसला कार्यान्वयनको अवस्थाबारे अध्ययन तथा समीक्षा गर्र्ने निर्णय गरेको  समुहको सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो । 

समूहले बाल सुधार गृहमा विद्यालय सञ्चालन गर्ने विषयमा अदालतबाट भएको फैसलाको कार्यान्वयन अवस्था तथा कर्णाली प्रदेशमा बालसुधार गृह स्थापनाका लागि भएका प्रगतिबारे जानकारी लिई आवश्यक कार्य गर्ने, बालबालिकाको शिक्षाको अधिकार, बालमैत्री न्याय प्रणाली र सुधारमुखी बालन्यायको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय र जवाफदेहिता आवश्यक रहेको बैठकमा औँल्याइएको थियो।

यसैगरी, सार्वजनिक सरोकारका मुद्दामा उच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको दोस्रो संग्रह प्रकाशन गर्ने र यसका लागी समुहका सदस्यहरुलाई जिम्मेवारी वाडफाड गरिएको समूहका महासचिव अधिवक्ता विकास आचार्यले जानकारी दिनुभयो। उक्त संग्रहले सार्वजनिक सरोकारको न्यायिक अभ्यास, स्थापित नजिर तथा नागरिक अधिकारका विषयमा कानून व्यवसायी, अधिकारकर्मी, विद्यार्थी र आम नागरिकसम्म पुर्याउन बिभिन्न कार्यक्रमहरु संचालन गर्ने सदस्य बिश्वजित तिवारीले बताउनुभयो । 

समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सहसंयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह तथा अधिवक्ता वसन्त गौतम, महासचिव विकास आचार्य, सचिव सुनिता शर्मा, सदस्यहरू अधिवक्ता विश्वजित तिवारी, बलबहादुर चन्द र सुरेशकुमार गौतम, लगायतका समुहमा आवद्ध कानून व्यवसायी तथा सदस्य अधिकारकर्मी भोला महतको सहभागिता रहेको थियो।

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

बाँकेमा पोषण सुधारका चुनौती, बजेट र कार्यान्वयनमा पालिकाहरूको फरक अवस्था

नेपालगञ्ज, ५ मसिंर। बाँकेका स्थानीय तहहरूमा पोषण सुधारका कार्यक्रम सञ्चालन, बजेट विन…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

यो पनि

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…