Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

डेक्स

डेक्स

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता
ADVERTISEMENT

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ । सोे अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको सफल अनुसन्धान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा एक जना पक्राउ परेका छन् । बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फछ्र्योटलाई पनि प्राथमिकता दिएको छ । 

सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ । चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ । यस क्रममा ७० जना पक्राउ परेका छन् । उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ ।  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरुपणमा पनि प्रहरीले काम गरेको छ । गत असोज महिनामा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन् । तीमध्ये ९३ वटा फछ्र्योट भएका छन् भने १३ फछ्र्योट हुन बाँकी छन् । 

गत असोज महिनामा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एक जना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
–––

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

यो पनि

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…