Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै

डेक्स

डेक्स

डुडुवाले १५१ फिट अग्लो शिव प्रतिमा बनाउदै
ADVERTISEMENT

डुडुवा (बाँके) २० पुस : बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्र्तगत विभिन्न स्थानमा प्रर्या प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो ।

पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ । 

डुडुवामा अधिराज्यकै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचु अप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निमार्ण गर्नका लागि जग्गामा पहिलो चरण अन्र्तगत वाउण्ड्री (वाल) निमार्ण गर्न शिलान्यास गरिएको छ । 

एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गर्दै डुडुवामा शिव प्रतिमा बनाउने कार्य वर्षौदेखिको योजना बल्ल कार्यन्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनुभयो । 

करिब २७ विगाह जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दिर्घकालिन प्रोजेक्ट संचानल गरि कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । वार्ड नंं. २ मा प्रर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनुभयो । अध्यक्ष बर्माले भन्नुभयो,–‘यस वडामा धार्मिक हिसाले मठ मन्दिर, मस्जिद, झुलेङ्गे पुल, डुडुवा नाला, वगर क्षेत्र, सिमा नाका रहेको छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिने छ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्छ’ । 

गाउँपालिकाको क्रमागत योजना अन्र्तगत रु १ करोड ४ लाख ६१ हजार ६ सय २१ (भ्याटबाहेक)को लागतमा कोहलपुर–११ स्थित दिपक विल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसन्तसम्म वाउण्ड्री वाल निमार्णको काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…