Pairabi logo

कात्तिक ०४, २०८३, मंगलबार                    

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

डेक्स

डेक्स

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव
ADVERTISEMENT

नेपालगन्ज, १८ पुस : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । अवधी पत्रकार संघ नेपालद्धारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । 

उहाँले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन आफ्नो पार्टीलाई मान्य नहुने उहाँले भन्नुभयो,–‘सबैले अपनत्व लिने गरी संविधान संशोधन गर्नुपर्दछ, संघियता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता हो ।’ 

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन नसकेको भन्दै संघियता त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै उहाँले भन्नुभयो,–‘गणतन्त्र र संघीयताको रुपमा प्राप्त भएका उपलब्धीलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिंंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न बिशेष ध्यान दिनु आवश्यक छ ।’ 

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाटमा जसपा नेपालका केन्द्रिय सचिव एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, जिल्ला अध्यक्ष कौशलकुमार धावी, सचिव सुर्यलाल यादवलगायत नेताको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव गुरुमुरत यादवले गर्नभएको थियो । 

 

ताजा

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

लोकप्रिय

सबै

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…