Pairabi logo

असोज २८, २०८३, बुधबार                    

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव

डेक्स

डेक्स

संविधान संशोधन गर्नुस् : जसपा नेपाल अध्यक्ष यादव
ADVERTISEMENT

नेपालगन्ज, १८ पुस : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । अवधी पत्रकार संघ नेपालद्धारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले संविधान विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावका आधारमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । 

उहाँले समानुपातिक समावेशी प्रतिनिधित्वलाई खुम्च्याउने गरी संविधान संशोधन आफ्नो पार्टीलाई मान्य नहुने उहाँले भन्नुभयो,–‘सबैले अपनत्व लिने गरी संविधान संशोधन गर्नुपर्दछ, संघियता, गणतन्त्र र समावेशितालाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता हो ।’ 

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले मुलुकमा राजनीतिक परिवर्तन भए पनि संस्थागत हुन नसकेको भन्दै संघियता त्रुटिपूर्ण रहेकाले पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै उहाँले भन्नुभयो,–‘गणतन्त्र र संघीयताको रुपमा प्राप्त भएका उपलब्धीलाई संथागत गर्न सकिएन भने २००७ सालमा भएको परिवर्तन २०१७ सालमा गुमेजस्तै नहोला भन्न सकिंंदैन । त्यसैले उपलब्धिलाई संस्थागत गर्न बिशेष ध्यान दिनु आवश्यक छ ।’ 

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाटमा जसपा नेपालका केन्द्रिय सचिव एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, जिल्ला अध्यक्ष कौशलकुमार धावी, सचिव सुर्यलाल यादवलगायत नेताको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव गुरुमुरत यादवले गर्नभएको थियो । 

 

ताजा

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…