Pairabi logo

असोज १४, २०८३, बुधबार                    

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

डेक्स

डेक्स

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल
ADVERTISEMENT

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी बाँकेका नेताहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा श्रावण १० गते राति भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, त्यसपछिका प्रदर्शन तथा सिराहामा भएको झडपमा मृत्यु भएका गणेश यादवप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

दलहरूले यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउन सक्ने भएकाले सम्पूर्ण नागरिक, सामाजिक तथा धार्मिक अगुवा, युवा, राजनीतिक कार्यकर्ता, सञ्चारमाध्यम र सरकारलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्न समेत अपिल गरिएको छ । संयुक्त विज्ञप्तिमार्फत नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र आवश्यक राहतको व्यवस्था गर्न माग गरिएको छ ।

बाँके धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै दलहरूले जिल्लामा कायम रहेको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि विभाजनकारी गतिविधिलाई असफल पार्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

संयुक्त अपिलमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठ, नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दीपक जि।एम।, श्रम संस्कृति पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राना मगर, राप्रपा बाँकेका सचिव रुद्रमणि न्यौपाने, जसपा नेपाल बाँकेका सचिव सूर्यलाल यादव, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्मा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका अध्यक्ष प्रेम थापाको हस्ताक्षर रहेको छ ।

नेपाली कांग्रेस बाँकेको आह्वानमा पार्टी कार्यालय नेपालगन्जमा शुक्रबार बसेको वैठकपछि संयुक्त अपिल जारी गरिएको हो ।

ताजा

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…