Pairabi logo

कात्तिक ०४, २०८३, मंगलबार                    

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

डेक्स

डेक्स

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल
ADVERTISEMENT

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति, सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी बाँकेका नेताहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा श्रावण १० गते राति भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, त्यसपछिका प्रदर्शन तथा सिराहामा भएको झडपमा मृत्यु भएका गणेश यादवप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

दलहरूले यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउन सक्ने भएकाले सम्पूर्ण नागरिक, सामाजिक तथा धार्मिक अगुवा, युवा, राजनीतिक कार्यकर्ता, सञ्चारमाध्यम र सरकारलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक तथा उत्तेजनात्मक सामग्री प्रसारण वा साझा नगर्न समेत अपिल गरिएको छ । संयुक्त विज्ञप्तिमार्फत नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र आवश्यक राहतको व्यवस्था गर्न माग गरिएको छ ।

बाँके धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै दलहरूले जिल्लामा कायम रहेको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि विभाजनकारी गतिविधिलाई असफल पार्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन् ।

संयुक्त अपिलमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठ, नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङ, नेकपा बाँकेका संयोजक दीपक जि।एम।, श्रम संस्कृति पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राना मगर, राप्रपा बाँकेका सचिव रुद्रमणि न्यौपाने, जसपा नेपाल बाँकेका सचिव सूर्यलाल यादव, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्मा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका अध्यक्ष प्रेम थापाको हस्ताक्षर रहेको छ ।

नेपाली कांग्रेस बाँकेको आह्वानमा पार्टी कार्यालय नेपालगन्जमा शुक्रबार बसेको वैठकपछि संयुक्त अपिल जारी गरिएको हो ।

ताजा

सबै

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…