Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डेक्स

डेक्स

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन
ADVERTISEMENT

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँकेको डुडुवा गाउँपालिका–४ स्तरीय वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो । अधिवेशनका क्रममा पार्टीको संगठन सुदृढीकरण, आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट तथा पार्टीका गतिविधिलाई स्थानीय तहसम्म थप प्रभावकारी बनाउने विषयमा छलफल भएको काँग्रेसका अग्रज नेता करिम खाँले जानकारी दिनुभयो । 

वडा अधिवेशनले पार्टीको संगठनलाई थप व्यवस्थित र गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका थिए । साथै स्थानीयस्तरमा कांग्रेसको संगठन विस्तार, जनताका समस्यालाई पार्टीको प्राथमिकतामा राख्ने तथा आगामी निर्वाचनलाई लक्षित गरी संगठनलाई मजबुत बनाउने विषयमा समेत धारणा राखिएको थियो । 

अधिबेशनमा वडा कार्यसमितिमा हरि रेउलेलाई पुन सभापतिमा निर्विरोध निर्वाचित गरिएको छ । रेउलेको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । 

समितिको उपसभापतिमा भिखु बर्मा, प्रेमकुमारी गुप्ता, सचिवमा इरफान खाँ, सहसचिवमा काली गिरी लोनिया, कोषाध्यक्षमा कमलेश कुमार मिश्र, सदस्यमा नबी नाउँ, अब्दुल करिम खाँ, मुस्तिकीम खाँ, लिल बहादुर रोका, सद्दाम हुसेन खाँ, पेशल रेउले निर्वाचित भएको निर्वाचन अधिकृत कृष्णप्रसमद शर्माले बताउनुभयो । 

यसैगरी २३ जना क्षेत्रीय प्रतिनिधी पनि निर्विरोध निर्वाचित भएका छन । शाहिदा वानो, समुन्द्री बर्मा, रोशनी थापा, राकेश कुमार मिश्र, पुत्तन वागवान, रमेश खटिक, पृथ्बीराज बर्मा, हलिम खाँ, करिम खाँ, विजयकुमार गुप्ता, सुनिलकुमार गुप्ता, महेश बर्मा, अब्दुल सलिम खाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । 

उहाँका अनुसार घनश्याम गुप्ता, साकिर अली सैयय्द, मुन्नाव खाँ, खेमराज कलवार, चन्द्रबहादुर रेउले, दिपक गुप्ता, सावित्री कुमारी कलवार, चम्पा खत्री, राम अचल अहिर, तिरथराम खटिक निर्वाचित हुनुभएको छ । निर्वाचित सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

वडा अधिवेशनले वडा तहमा पार्टीको आगामी नेतृत्व तथा महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाउने आधार तयार गरेको नेपाली कांग्रेसका अगुवा कार्यकर्ता हलिम खाँले बताउनुभयो । 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…