Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन

डेक्स

डेक्स

डुडुवाको बृहत रक्तदानमा २११ पिन्ट रगत संकलन
ADVERTISEMENT

डुडुवा (बाँके), २१ पुस । बाँके डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान अन्र्तगत आज बृहत रुपमा रक्तदान कार्यक्रम गरेको छ । मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियानलाई निरन्तरता दिएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

अध्यक्ष चौधरीले भन्नुभयो–‘मधेशी समुदायमा रगत दिनुनपर्ने सचेतना अभिबृद्धिका लागि पनि रक्तदान अभियान शुरु गरिएको हो ।’ गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिबृद्धिका लागि यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो । आज आइतबार आयोजिक बृहत रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको थियो । विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साँझ ४ बजेसम्म रगत दिनेहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, युवा, महिलालगायत सर्बसाधारण गरि २ सय ११ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार बाँकेमा सम्भवतः पहिलो स्थानीय तहको रुपमा डुडुवाले उल्लेख्य रुपमा धेरै संख्यामा रक्तदातालाई जागरुक बनाई रक्तदानतर्फ उत्प्रेरित गराएको बताउनुभयो । 

गाउँपालिकाभित्र गरिब तथा असहाय लगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बर्षमा दुई–तीन पटक बृहत रक्तदान कार्यक्रम गरि रगत संकलन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, युवा–युवती, महिला, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी स्थानीयले गरेको मानविय सेवाप्रति सबैलाई धन्यवाद दिनुभयो । 

गाउँपालिकाको आजको रक्तदान कार्यक्रमले स्थानीय समुदायमा रगत दिनुपर्ने जागरुकता फैलिएको स्थानीय युवा बेलबहादुर बोहराले बताउनुभयो । रक्तदान कार्यक्रममा शतक रक्तदाता १५६औ पटक रक्तदान गर्नुभएका गोपीनाथ बैश्य र अर्का शतक रक्तदाता १०२औ पटक रक्तदान गर्नुभएका सञ्चारकर्मी पवन जायसवाल र बाँके बर्दियामा उत्कृष्ट महिला रक्तदाता ७६औ पटक रक्तदान गर्नुभएका सरिता ज्ञवालीलाई पालिकाले उत्कृष्ट रक्तदाताको रुपमा सम्मान पत्र र दोसल्लाले विशेष सम्मान गरेको थियो ।

त्यस अवसरमा २० पटक भन्दा बढी रक्तदान गर्ने करिब ३० जनालाई समेत सम्मान गरिएको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा १० जनाको प्राविधिक टोली, गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डे, स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माको नेतृत्व स्वास्थ्यकर्मीको टोली, कृषि शाखा प्रमुख शुसिल शर्मा, एमआइएस अपरेटर कौशलकुमार कैराँती, शिक्षा शाखाका राम एकवाल मण्डल, प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्मा, सूचना प्रविधी अधिकृत सुरेश बर्मा, रक्तदाता स्ववम्सेवी समाजका मनमोहन बर्मा लगायतले सहयोग गर्नुभएको थियो । 

कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्ष सगिर खाँ, आमोदकुमार तिवारी लगायतको उपस्थिती रहेको थियो । त्यस अवसरमा रेडक्रसका तर्फबाट पालिका अध्यक्षलाई प्रंशसा पत्र समेत प्रदान गरिएको थियो । “रगत तथा प्लाज्मा नियमितरुपमा दान गरौ, जीवन बचाउने कार्यमा एक्यबद्ध होऔ ।” भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

जनचेतनाको अभावमा अझै पनि अधिकाँस नागरिकहरु रक्तदान नगरेकाले यस्तो अभियानले उनीहरुमा चेतना अभिबृद्धि हुने विश्वास लिइएको छ । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…