Pairabi logo

मंसिर ०५, २०८३, शुक्रबार                    

नेपालगञ्जमा रगत अभाव

डेक्स

डेक्स

नेपालगञ्जमा रगत अभाव
ADVERTISEMENT

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ”, प्रमुख रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु¥याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताउनुभयो । 

उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उहाँले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताउनुभयो । “अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन”, रेग्मीले भन्नुभयो ।  उहाँले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुइ अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ । 

नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताउनुभयो । 

उहाँले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताउनुभयो । पैतालीस पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढन थालेको बताउनुभयो । उहाँले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गर्नुभया ।
–––

ताजा

सबै

नेपालगञ्जमा रगत अभाव

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छ…

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

भेषराज बस्नेत । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको अनुपम सङ्…

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

लोकप्रिय

यो पनि

नेपालगञ्जमा रगत अभाव

नेपालगञ्जमा रगत अभाव

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छ…

श्रीअगा अस्पतालको सेवा प्रभावकारी, आँखा उपचार सेवा सुरु

श्रीअगा अस्पतालको सेवा प्रभावकारी, आँखा उपचार सेवा सुरु

कोहलपुर, बाँके । बाँकेको कोहलपुरस्थित श्रीअगा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…