Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो

सम्वाददाता

सम्वाददाता

स्थानीय जनप्रतिनिधिले कुरा नबुझ्दा पशु प्राविधिकलाई काम गर्न अप्ठ्यारो
ADVERTISEMENT

देव कमल पौडेल

बर्दिया, २० पुस । बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले कुरा नबुझ्दा काम गर्न अप्ठ्यारो भएको पशु प्राविधिकहरुले बताएका छन् । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आठ वटै स्थानीय तहका पशु शाखा प्रमुखहरूले जनप्रतिनिधिहरूसँग सहकार्य गर्न निकै गाह्रो भइरहेको गुनासो गरेका थिए । 

प्राविधिकहरूले किसानहरूको माग बमोजिम कृषि सम्वन्धी दिगो कार्यक्रम तयार गरे पनि जनप्रतिनिधिहरूले ती योजनालाई अस्वीकार गर्ने गरेको उनीहरु बताउछन ।  प्राविधिक भन्छन्, हामीले प्रस्तुत गरेका दीर्घकालीन योजनाहरू जनप्रतिनिधिहरूले वेवास्ता गरेर बजेट वितरणमुखी कार्यक्रम लागू गर्न दबाब दिनेगरेका छन । यसले कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन् ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका कार्यालय प्रमुख सागर ढकालले यो वार्षिक रूपमा सञ्चालन गरिने नियमित अन्तरक्रिया भएको बताउनुभयो । उहाँले स्थानीय तहहरूबीच समन्वय स्थापित गर्न, कार्यक्रमहरूको दोहोरोपना हटाउन र भ्याक्सिन सम्बन्धी जानकारी आदानप्रदान गर्न यो कार्यक्रम उपयोगी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार र स्थानीय तहबीच दिगो विकासका लागि दीर्घकालीन योजना र बजेट व्यवस्थापनबारे समझदारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …