Pairabi logo

कात्तिक २४, २०८३, सोमबार                    

धान बिक्रीको पर्खाइमा किसान

डेक्स

डेक्स

धान बिक्रीको पर्खाइमा किसान
ADVERTISEMENT

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन । 

लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका नेपालगन्ज–१९ का किसान कल्लुबहादुर वलीले यस वर्ष प्रक्रिया सुरु नभएको बताउनुभयो । खेतबाट धान भित्र्याइसकेका किसान बिक्रीका लागि पर्खाइमा छन् ।

कम्पनीले यस वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा माग गरेकामा १० हजार क्विन्टल मात्र निर्धारण भएको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । 
    
गत वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार गरी २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको थियो । त्यसअघि आर्थिक वर्ष २०८१÷८२ मा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल खरिद गरेको थियो ।

कम्पनीले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य रु तीन हजार ८६० निर्धारण गरेको छ । तर व्यापारीले कम्पनीले तोकेको मूल्यभन्दा रु ५०० देखि रु एक हजार ५०० कम मूल्यमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुयिगाउँका किसान ध्रुव थापाले बताउनुभयो । “यस वर्ष धान राम्रो फलेको छ । खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “चाडपर्वको खर्च जुटाउन किसानले व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलोगरी खरिद गर्ने र प्रक्रिया झन्झटिलो हुने भएकाले पनि किसानले तोकिएको मूल्यभन्दा प्रतिक्विन्टल रु ५०० देखि रु एक हजारसम्म कममा व्यापारीलाई धान बिक्री गर्नुपरेको थापाले बताउनुभयो । 

ताजा

सबै

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

धान बिक्रीको पर्खाइमा किसान

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …