Pairabi logo

कात्तिक १८, २०८३, मंगलबार                    

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

डेक्स

डेक्स

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण
ADVERTISEMENT

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धारण गरिएको  छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उक्त कोटा निर्धारण गरेको हो । यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकोमा माग गरेभन्दा आधा १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएर आएको कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार, गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएकोमा नेपालगञ्जस्थित मुख्य कार्याललयले कोटा मुताबिक नै धान खरिद गरेको थियो । पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ । अहिले तोकिएको कोटाले बाँकेका किसानसँग धान खरिद व्यवस्थापन गर्न कठिन अवस्था रहेकोले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदकै लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको लामिछानेले बताउनुभयो ।

कोटा बढेर आएपछि फेरि प्राथमिक खरिद समितिको बैठक बसेर निर्णय गरेपछि खरिद प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । बाँकेमा धान खरिदका लागि पछिल्ला केही वर्षयता लगातार कोटा घट्दै आएको छ । 

गत आर्थिक वर्ष ०८२÷०८३ मा अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो । गत वर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान गरी २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकोमा नेपालगञ्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।  धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानले समर्थन मूल्यभन्दा कम मूल्यमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा एक हजारदेखि ५०० सम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताउनुभयो । 

 

ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

यो पनि

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…