Pairabi logo

मंसिर ०५, २०८३, शुक्रबार                    

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

डेक्स

डेक्स

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग
ADVERTISEMENT

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र र बाँके युनेस्को क्लबद्वारा सञ्चालित बालबालिका, किशोर किशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना अन्तर्गत बाढी प्रभावित प्रायोजित बालबालिकाका परिवारलाई राहत तथा अन्य प्रायोजित बालबालिकाका परिवारलाई व्यवसाय विस्तार सहयोग प्रदान गरिएको छ।

आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा भोटेकोशी, रसुवामा आएको बाढीबाट प्रभावित ८ प्रायोजित बालबालिकाका परिवारलाई प्रतिपरिवार रु. १४ हजार ७९६ बराबरका खाद्य तथा सरसफाई सामग्री उपलब्ध गराइएको थियो। यसअनुसार कुल रु. १ लाख १८ हजार ३६८ बराबरको राहत सहयोग प्रदान गरिएको हो। विपद्का कारण प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै उनीहरूको कठिन परिस्थितिमा सहयोग पुर्‍याउनु यस सहयोगको मुख्य उद्देश्य रहेको छ।

त्यसैगरी, प्रायोजित बालबालिकाका परिवारको आर्थिक अवस्था सुदृढ गर्दै आयआर्जनका अवसर विस्तार तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले थप ४ परिवारलाई व्यवसाय विस्तार सहयोग प्रदान गरिएको छ। यसअन्तर्गत ३ परिवारलाई किराना पसलको व्यवसाय विस्तारका लागि प्रतिपरिवार रु। ४४ हजार १०२ का दरले र १ परिवारलाई साइकल पसल सञ्चालन तथा विस्तारका लागि रु। ४५ हजार १५ बराबरको सहयोग उपलब्ध गराइएको थियो। यस शीर्षकमा कुल रु। १ लाख ७७ हजार ३२१ बराबरको सहयोग प्रदान गरिएको छ।

सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोर किशोरी तथा युवाहरूको संरक्षण, बालविवाह न्यूनीकरण, समावेशी तथा गुणस्तरीय शिक्षा र उनीहरूका लागि सुरक्षित तथा सहयोगी वातावरण निर्माणमा काम गर्दै आएको छ। साथै, बालबालिका तथा उनीहरूका परिवारको सामाजिक र आर्थिक सशक्तीकरणलाई समेत प्राथमिकता दिँदै आएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष यज्ञराज पोखरेल तथा प्लान इन्टरनेशनल नेपालकी प्रशासन सहायक सुजिता थापाको उपस्थिति रहेको थियो। उहाँहरूले लाभग्राही परिवारलाई सहयोग सामग्री तथा व्यवसाय विस्तारका लागि आवश्यक सहयोग हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको समग्र सहजीकरण आरकेजेएसका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले गर्नुभएको थियो।

यस सहयोगले बाढी प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउनुका साथै व्यवसाय विस्तार सहयोग प्राप्त गर्ने परिवारलाई आफ्नो व्यवसाय थप व्यवस्थित र दिगो बनाउँदै नियमित आम्दानीको स्रोत विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले परिवारको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्दै बालबालिका तथा उनीहरूको सुरक्षित र समुन्नत भविष्य निर्माणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ताजा

सबै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

श्रीअगा अस्पतालको सेवा प्रभावकारी, आँखा उपचार सेवा सुरु

कोहलपुर, बाँके । बाँकेको कोहलपुरस्थित श्रीअगा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न…

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, २७ कात्तिकः सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह…

लोकप्रिय

सबै

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया ४ मङ्सिरः कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार…

यो पनि

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…