Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

डेक्स

डेक्स

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान
ADVERTISEMENT

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय स्तरमै सहज रूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यका साथ करदाता सेवा केन्द्रमार्फत औपचारिक रूपमा सेवा सुचारु गरिएको छ।

सेवा शुभारम्भ भएसँगै कार्यालयले आफ्नो पहिलो आन्तरिक राजस्व कार्यालय नेपालगंज अन्तर्गतको व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पहिलो करदाताको रूपमा नरैनापुर गाउँपालिका वडा नं। २, बैउहवा निवासी जन्नतुल पठानिनलाई प्यान प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।

पठानिनले आफ्नो व्यवसाय मदिना परफ्युम एण्ड जनरल स्टोरु का लागि स्थायी लेखा नम्बर ९६२५२६८८४३० प्राप्त गर्नुभएको छ, जसले अत्तर, जस्ता सुगन्धित एवं सौन्दर्यवर्धक कस्मेटिक सामान, साबुन र किराना पसल लगायतका सामानहरूको थोक तथा खुद्रा बिक्री गर्नेछ।

गाउँपालिकाभित्रै करदाता सेवा केन्द्र स्थापना भई सेवा सुचारु भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य प्रशासनिक कामका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य भएको छ।

प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गाउँपालिकाले आफ्नै क्षेत्रभित्र कर सेवा विस्तार गरेपछि स्थानीय स्तरमै सहज, छिटो र छरितो ढंगले आर्थिक प्रशासनिक कामहरू अगाडि बढ्ने र यसले व्यवसायीहरूलाई कानुनी दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी शाखा प्रमुख मुकद्दर अली मुकेरीले अब नरैनापुरका करदाताहरूले आफ्नै घरपायक स्थानबाट कर सम्बन्धी सम्पूर्ण सेवाहरू सुरक्षित र व्यवस्थित रूपमा पाउने प्रतिबद्धता जनाउनुभयो। करदाता सेवा केन्द्रको सुरुवातसँगै आगामी दिनमा गाउँपालिकाको राजस्व संकलन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…