Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

डेक्स

डेक्स

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार
ADVERTISEMENT

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाकी एक आमाले छोरीलाई ३० लाख रुपैयाँको जीवन बिमा योजना उपहार दिनुभएको छ।

बढैयाताल गाउँपालिका–८, बर्मेली टोल निवासी लक्ष्मी कार्कीले आफ्नी छोरी स्वस्तिका पौडेलको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले विवाहका अवसरमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ३० लाख रुपैयाँको जीवन बिमा योजना उपहार दिनुभएको हो।

विवाहमा दिइने नगद उपहार तत्कालै खर्च हुन सक्ने भए पनि जीवन बिमा योजनाले भविष्यमा आर्थिक सुरक्षा र बचतको आधार तयार गर्ने विश्वासका साथ यस्तो उपहार दिएको परिवारले जनाएको छ। यसबाट छोरीको भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने र आवश्यक परेको समयमा आर्थिक रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।

आफ्ना सन्तानको भविष्यका लागि अनावश्यक खर्च गर्नुभन्दा बचत र जोखिम न्यूनीकरणमा ध्यान दिनु आवश्यक रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकी एजेन्सी म्यानेजर मधु शर्मा न्यौपानेले बताउनुभयो।

उहाँका अनुसार जीवन बिमाले परिवारलाई आर्थिक सुरक्षाको आधार तयार गर्न सहयोग पुर्‍याउन सक्छ। विवाह, जन्मदिन तथा अन्य विशेष अवसरमा बिमा योजनालाई उपहारका रूपमा दिने अभ्यासले दीर्घकालीन बचत र आर्थिक सुरक्षाप्रति सचेतना बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

छोरीको विवाहमा जीवन बिमा योजना उपहार दिने लक्ष्मी कार्कीको यस पहलले परम्परागत उपहारसँगै सन्तानको भविष्यका लागि आर्थिक योजना बनाउने सन्देश दिएको छ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…