Pairabi logo

कात्तिक २७, २०८३, बिहीबार                    

संरक्षणको अभावमा कान्तिताल

डेक्स

डेक्स

संरक्षणको अभावमा कान्तिताल
ADVERTISEMENT

बाँके, २६ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२  वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको   छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ  ।

स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब रु १० करोड खर्चिसकेको छ । सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार, कान्तिताल केवल पूर्वाधार मात्रै नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान छ । पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन् । तर, पटक–पटक सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन ।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ । अहिले कान्तिताल लागुऔषध दुव्र्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ । साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताउनुभयो ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभयो ।

कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तिताल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।  

ताजा

सबै

संरक्षणको अभावमा कान्तिताल

बाँके, २६ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र…

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

बर्दिया, २५ कात्तिकः वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु…

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

लोकप्रिय

सबै

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

यो पनि