Pairabi logo

असोज १८, २०८३, आइतबार                    

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

डेक्स

डेक्स

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा
ADVERTISEMENT

राकेशकुमार मिश्र 

नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्छ । त्यसको उदाहरण बन्नुभएको छ, लमजुङ्ग जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तव । उहाँ प्रहरी पेशामा लागेको एक दशक भएपनि उपलब्धीमुलक कार्य गरेको देख्न सकिन्छ । जुन जिल्लामा कार्य क्षेत्र भएपनि त्यहाको शान्ति सुरक्षामा राम्रो सुधार भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताउँछन । 

उहाँको कार्यकालमा एउटा ठुलो सफलता हासिल भएको छ । लमजुङमा ठूलो परिमाणमा अवैध हतियार बरामद गरिएको छ । जिल्लामा भारी परिमाणमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको आधारमा लमजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक श्रीवास्तवले मातहतका प्रहरीलाई परिचालन गरेर ठूलो परिमाणमा अवैध हतियार बरामद गरि सफलता हात पार्नुभएको हो । 

प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक श्रीवास्तवले जिल्लाबाट एक सय १२ थान अवैध हतियार बरामद गरेको बताउनुभये । उहाँले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई अवैध हतियार खोज्न लगाएर एक सय ७ थान एक नाले भरुवा बन्दुक, दुई थान १२ बोर एक नाले, मुद्धा चलेको एक नाले भरुवा बन्दुक दुई थान, एक थान २२ बोर हर्नेट, एक थान १२ बोर दुई नाले, एक थान एक नाले बृज लोडिङ राइफल गरि एक सय १२ थान अवैध हतियार बरामद गरेको जानकारी दिनुभयो । 

जिल्लामा सात सय ६४ थान बरामद गर्नुपर्ने हतियार भएको भन्दै उहाँले पाँच सय ४५ थान हतियारको विवरण प्राप्त भएको बताउनुभयो । ति मध्ये चार सय ७० थान हतियारको लागत प्राप्त भएको र दुई सय १९ थान हतियारको विवरण प्राप्त हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

इन्टरपोल र सिआइवीमा रहँदासमेत राम्रो काम गर्नुभएका उहाँ लमजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाउने वित्तिकै चोरी, लुटपाट, जुवातास लगायत विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय भएर लाग्नुभएको छ । 

जिल्लामा रहेका अवैध हतियार बरामद गर्न कुनै कसुर बाँकी नराख्ने उहाँ बताउनुहुन्छ । जिल्लामा रहेका अवैध हतियारको खोज तथा अनुसन्धानको कार्य अझै भईरहेको उहाँले भन्नुभयो,–‘अवैध हतियारले जिल्लामा असुरक्षा बढाएको छ, अवैध हतियार खोज्न प्रहरी परिचालित छ, बाँकी हतियार चाँडै नियन्त्रणमा लिनेछौँ, ।’ 

छोटो समयमा राम्रो काम गरेपछि उहाँ अहिले चर्चामा हुनुहुन्छ । उहाँको जिल्लामा मात्र नभई प्रहरी संगठनमा समेत प्रशंसा भइरहेको छ । बाँके जिल्ला निवासी श्रीवास्तव प्रहरी अनुसन्धानमा राम्रो अनुभव भएको प्रहरी अधिकृतको रुपमा परिचित हुनुहुन्छ । प्रहरी निरिक्षक पदबाट शुरु भएको उहाँको प्रहरी विभागमा कार्य गरेको १४ वर्ष भएको छ । 

उहाँ एउटा सफल प्रहरी अधिकृतको रुपमा काम गरेको केही मुख्य उदाहरणको रुपमा पनि लिन सकिन्छ । नेपालको कुनै पनि मुलुकसंग सुपुर्दगी सन्धि नभएतापनि युरोपियन मुलुकसंग नेपालको ईतिहासमा पहिलो पटक औपचारिक रुपमै सुपुर्दगी गरी अभियुक्लाई उहाँले नेपाल ल्याउनुभएको हो । जुन नेपालको ऐतिहासिक सफलता हो ।

यसैगरि २०७६ सालमा बिराटनगर महानगरपालिकामा भएको बमविष्फोटन घटनाको सफल अनुसन्धान गरी अभियुक्त समेत पक्राउ गरेको, डोटीमा कार्यरत रहंदा जंगलमा महिलाको हत्याको घटनामा सफल अनुसन्धान गरी अभियुक्त पक्राउ गरेको, ईन्टरपोलमा रहंदा भारत लगायत युरोपियन मुलुकका साथै बिभिन्न खाडी मुलुकबाट अभियुक्त पक्राउ । सोही शाखामा कार्यरत रहंदा एउटै कार्यकालमा विभागीय प्रमुख र संगठन प्रमुखबाट उत्कृष्ट कार्य गरे बापत पुरुस्कृत समेत हुनु भएको छ । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत रहंदा उत्कृष्ट कार्य बापत एक तह बढुवा भई प्रहरी नायब उपरीक्षक दर्जामा स्तरन्नोती हुनुभएका श्रीवास्तवले थुप्रै उपलब्धीमुलक कार्य गर्नुभएको छ । 

 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…