Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा

डेक्स

डेक्स

लमजुङ्गका प्रहरी प्रमुख श्रीवास्तवको सफलता, सयौं अवैध हातहतियार नियन्त्रणमा
ADVERTISEMENT

राकेशकुमार मिश्र 

नेपालगन्ज । इमान्दार र लगनशिल भएर काम गरेपछि एकदिन सफलता आवश्य मिल्छ । त्यसको उदाहरण बन्नुभएको छ, लमजुङ्ग जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तव । उहाँ प्रहरी पेशामा लागेको एक दशक भएपनि उपलब्धीमुलक कार्य गरेको देख्न सकिन्छ । जुन जिल्लामा कार्य क्षेत्र भएपनि त्यहाको शान्ति सुरक्षामा राम्रो सुधार भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताउँछन । 

उहाँको कार्यकालमा एउटा ठुलो सफलता हासिल भएको छ । लमजुङमा ठूलो परिमाणमा अवैध हतियार बरामद गरिएको छ । जिल्लामा भारी परिमाणमा अवैध हतियार रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले दिएको तथ्यांकको आधारमा लमजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक श्रीवास्तवले मातहतका प्रहरीलाई परिचालन गरेर ठूलो परिमाणमा अवैध हतियार बरामद गरि सफलता हात पार्नुभएको हो । 

प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक श्रीवास्तवले जिल्लाबाट एक सय १२ थान अवैध हतियार बरामद गरेको बताउनुभये । उहाँले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई अवैध हतियार खोज्न लगाएर एक सय ७ थान एक नाले भरुवा बन्दुक, दुई थान १२ बोर एक नाले, मुद्धा चलेको एक नाले भरुवा बन्दुक दुई थान, एक थान २२ बोर हर्नेट, एक थान १२ बोर दुई नाले, एक थान एक नाले बृज लोडिङ राइफल गरि एक सय १२ थान अवैध हतियार बरामद गरेको जानकारी दिनुभयो । 

जिल्लामा सात सय ६४ थान बरामद गर्नुपर्ने हतियार भएको भन्दै उहाँले पाँच सय ४५ थान हतियारको विवरण प्राप्त भएको बताउनुभयो । ति मध्ये चार सय ७० थान हतियारको लागत प्राप्त भएको र दुई सय १९ थान हतियारको विवरण प्राप्त हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

इन्टरपोल र सिआइवीमा रहँदासमेत राम्रो काम गर्नुभएका उहाँ लमजुङ प्रहरी प्रमुखको जिम्मेवारी पाउने वित्तिकै चोरी, लुटपाट, जुवातास लगायत विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय भएर लाग्नुभएको छ । 

जिल्लामा रहेका अवैध हतियार बरामद गर्न कुनै कसुर बाँकी नराख्ने उहाँ बताउनुहुन्छ । जिल्लामा रहेका अवैध हतियारको खोज तथा अनुसन्धानको कार्य अझै भईरहेको उहाँले भन्नुभयो,–‘अवैध हतियारले जिल्लामा असुरक्षा बढाएको छ, अवैध हतियार खोज्न प्रहरी परिचालित छ, बाँकी हतियार चाँडै नियन्त्रणमा लिनेछौँ, ।’ 

छोटो समयमा राम्रो काम गरेपछि उहाँ अहिले चर्चामा हुनुहुन्छ । उहाँको जिल्लामा मात्र नभई प्रहरी संगठनमा समेत प्रशंसा भइरहेको छ । बाँके जिल्ला निवासी श्रीवास्तव प्रहरी अनुसन्धानमा राम्रो अनुभव भएको प्रहरी अधिकृतको रुपमा परिचित हुनुहुन्छ । प्रहरी निरिक्षक पदबाट शुरु भएको उहाँको प्रहरी विभागमा कार्य गरेको १४ वर्ष भएको छ । 

उहाँ एउटा सफल प्रहरी अधिकृतको रुपमा काम गरेको केही मुख्य उदाहरणको रुपमा पनि लिन सकिन्छ । नेपालको कुनै पनि मुलुकसंग सुपुर्दगी सन्धि नभएतापनि युरोपियन मुलुकसंग नेपालको ईतिहासमा पहिलो पटक औपचारिक रुपमै सुपुर्दगी गरी अभियुक्लाई उहाँले नेपाल ल्याउनुभएको हो । जुन नेपालको ऐतिहासिक सफलता हो ।

यसैगरि २०७६ सालमा बिराटनगर महानगरपालिकामा भएको बमविष्फोटन घटनाको सफल अनुसन्धान गरी अभियुक्त समेत पक्राउ गरेको, डोटीमा कार्यरत रहंदा जंगलमा महिलाको हत्याको घटनामा सफल अनुसन्धान गरी अभियुक्त पक्राउ गरेको, ईन्टरपोलमा रहंदा भारत लगायत युरोपियन मुलुकका साथै बिभिन्न खाडी मुलुकबाट अभियुक्त पक्राउ । सोही शाखामा कार्यरत रहंदा एउटै कार्यकालमा विभागीय प्रमुख र संगठन प्रमुखबाट उत्कृष्ट कार्य गरे बापत पुरुस्कृत समेत हुनु भएको छ । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत रहंदा उत्कृष्ट कार्य बापत एक तह बढुवा भई प्रहरी नायब उपरीक्षक दर्जामा स्तरन्नोती हुनुभएका श्रीवास्तवले थुप्रै उपलब्धीमुलक कार्य गर्नुभएको छ । 

 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…