Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डेक्स

डेक्स

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम
ADVERTISEMENT

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । 

प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएको छ, भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो । 

प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक गुणस्तर मापनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने भन्दै विद्यालय र विद्यार्थीको पढाईको क्षमता अनुसार आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने बताउनुभयो । 

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिकस्तर बृद्धि तथा गुणस्तरिय शिक्षाका लागि प्रभावकारी अध्यायपन गराउनुपर्नेमा जोड दिदै विद्यार्थीहरुको ज्ञान बृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेको बताउनुभयो । उहाँले एसइइ पास पाएका विद्यार्थीहरुलाई स्वरोजगारीका लागि दक्ष बनाउन लोकसेवा तयारी कक्षा समेत पढाउन लागेको जानकारी गराउनुभयो ।

प्रतियोगिताका विजयीहरुलाई गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, ३ नम्बरका वडा अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डे लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा पालिकास्तरिय ८ वटा विद्यालय सहभागिता रहेको शिक्षा शाखा प्रमुख संजयकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका प्रश्नहरु गरी सबैबाट १६/१६ वटा प्रश्न सोधिएको थियो । विषयगत ज्ञान बृद्धिका लागि प्रतियोगिताका आयोजना गरिएको थियो । 

प्रतियोगितामा जनता मावि पिप्रहवा, पशुपति मावि नौरीगौढी, श्री माध्यमिक विद्यालय बनकट्टी, श्री माध्यमिक विद्यालय शाहपुर्वा, शहिद स्मारक कम्दी, ज्ञानदिप मावि डलैपुर, सरस्वती मावि भंघघोट्ना र फ्लोरिड एकेडमी छग्रहवा कम्दी गरी एक निजि र सात वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको स्रोतव्यक्ति राम एकवाल मण्डल बताउनुभयो । 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…