Pairabi logo

असोज २८, २०८३, बुधबार                    

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम

डेक्स

डेक्स

एसइइस्तरिय हाजिरीजवाफमा शहिद स्मारक मावि प्रथम
ADVERTISEMENT

डुडुवा (बाँके), १ माघ । बाँकेको डुडुवा गाउँपालिकामा एसइइस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शहिद स्मारक मावि प्रथम भएको छ । डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । 

प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएको छ, भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो । 

प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक गुणस्तर मापनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने भन्दै विद्यालय र विद्यार्थीको पढाईको क्षमता अनुसार आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने बताउनुभयो । 

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिकस्तर बृद्धि तथा गुणस्तरिय शिक्षाका लागि प्रभावकारी अध्यायपन गराउनुपर्नेमा जोड दिदै विद्यार्थीहरुको ज्ञान बृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि जरुरी रहेको बताउनुभयो । उहाँले एसइइ पास पाएका विद्यार्थीहरुलाई स्वरोजगारीका लागि दक्ष बनाउन लोकसेवा तयारी कक्षा समेत पढाउन लागेको जानकारी गराउनुभयो ।

प्रतियोगिताका विजयीहरुलाई गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, ३ नम्बरका वडा अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डे लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा पालिकास्तरिय ८ वटा विद्यालय सहभागिता रहेको शिक्षा शाखा प्रमुख संजयकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका प्रश्नहरु गरी सबैबाट १६/१६ वटा प्रश्न सोधिएको थियो । विषयगत ज्ञान बृद्धिका लागि प्रतियोगिताका आयोजना गरिएको थियो । 

प्रतियोगितामा जनता मावि पिप्रहवा, पशुपति मावि नौरीगौढी, श्री माध्यमिक विद्यालय बनकट्टी, श्री माध्यमिक विद्यालय शाहपुर्वा, शहिद स्मारक कम्दी, ज्ञानदिप मावि डलैपुर, सरस्वती मावि भंघघोट्ना र फ्लोरिड एकेडमी छग्रहवा कम्दी गरी एक निजि र सात वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको स्रोतव्यक्ति राम एकवाल मण्डल बताउनुभयो । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…