Pairabi logo

असोज २५, २०८३, आइतबार                    

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

डेक्स

डेक्स

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन
ADVERTISEMENT

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा संस्थाको व्यवस्थापन टोलीले दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं। ८ स्थित भेरी माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं। ५, ८ र १० का वडाध्यक्षहरू, महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरी, क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक ईश्वर बिक तथा क्षेत्रीय पर्यवेक्षक प्रमिशा थारु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको सहजीकरण परियोजना संयोजक ईश्वर बिकले गर्नुभएको थियो । जनचेतना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै परियोजनाअन्तर्गत सञ्चालन भइरहेका विभिन्न गतिविधिको अवस्था र प्रभावबारे जानकारी लिइएको थियो ।

छलफलमा ‘स्टिक्स एन्ड स्टोन्स’ सत्र, अभिभावक शिक्षा कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी अभियानलगायतका गतिविधिबारे समीक्षा गरिएको थियो । यी कार्यक्रमले बाल अधिकार, व्यक्तिगत सुरक्षा, मानव बेचबिखन रोकथाम, सकारात्मक अभिभावकत्व तथा बाल संरक्षणमा समुदायको जिम्मेवारीबारे चेतना अभिवृद्धि गर्न योगदान पु¥याएको सहभागीहरूले बताएका थिए । 

त्यसैगरी, भेरी माध्यमिक विद्यालयमा कक्षाकोठाको अवलोकन गर्नुका साथै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको थियो। छलफलमा बाल संरक्षणसम्बन्धी विद्यार्थीको चेतनामा आएको सुधार, सुरक्षित सिकाइ वातावरण निर्माण, बालबालिकाको सुरक्षामा शिक्षकको भूमिका तथा विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यका विषयमा समीक्षा गरिएको थियो ।

अनुगमन टोलीले विद्यालयमा बाल संरक्षणसम्बन्धी गतिविधिलाई नियमित रूपमा सञ्चालन गर्न, विद्यालयस्तरमा उजुरी तथा घटनाको जानकारी दिने र आवश्यक निकायमा सिफारिस गर्ने संयन्त्रलाई सुदृढ बनाउन सुझाव दिएको थियो । 

परियोजनाअन्तर्गत सञ्चालन भएका सफल अभ्यासहरूको अभिलेखीकरण गर्दै तिनलाई निरन्तरता दिनुपर्ने विषय पनि अनुगमनका क्रममा उठाइएको थियो। बाल संरक्षणसम्बन्धी गतिविधि परियोजनाको अवधिमा मात्र सीमित नराखी दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालय तथा स्थानीय तहले अपनत्व लिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

संयुक्त अनुगमनले स्थानीय सरकार, विद्यालय र बाँके युनेस्को क्लबबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बाल संरक्षणका कार्यक्रमको प्रभावकारिता समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…