Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

डेक्स

डेक्स

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग
ADVERTISEMENT

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत अति विपन्न  चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।

राजापुर नगरपालिका वडा नं। २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सहयोग सामग्री वितरण गरिएको हो। बालबालिकाको दैनिक जीवनयापन सहज बनाउनुका साथै उनीहरूलाई नियमित रूपमा विद्यालय जान र पठनपाठनलाई निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।

सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बी।के।, वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो।

आर्थिक अभावका कारण बालबालिकाको शिक्षा तथा दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको हो। यस सहयोगले विपन्न परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, शिक्षामा उनीहरूको निरन्तर पहुँच सुनिश्चित गर्न तथा सिकाइ प्रक्रियालाई सहज बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहयोग सामग्री हस्तान्तरणपछि नगर प्रमुख श्री दीपेश थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरहरूको सदुपयोग गर्न प्रोत्साहित गर्नुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा जोड दिनुभयो।

यस सहयोगबाट बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीको अभाव कम भई विद्यालयमा अध्ययन गर्न सहज हुने तथा नियमित विद्यालय उपस्थितिका लागि थप उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। त्यसैगरी, खाद्यान्न तथा लत्ताकपडाको सहयोगले सम्बन्धित परिवारको दैनिक आवश्यकतामा केही राहत पुग्ने विश्वास गरिएको छ।

हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवन जिउने अवसर , आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको सिकाइ र विकासमा अवरोध आउन नदिन स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य महत्त्वपूर्ण भयको साथै बालबालिकाको आवश्यकता सम्बोधन गर्दै उनीहरूको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्न पहल गरिएको सस्थाले जनाएको छ

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…