Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

डेक्स

डेक्स

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड
ADVERTISEMENT

अयोध्या (भारत), २८ पुस । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्धारा संयुक्त रुपमा आयोजित अन्र्तराष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताइएको थियो । 

कार्यक्रमका सहभागी दुई देशका पत्रकारले अवधी भाषा, कला संस्कृतिको जर्गेनाका लागि अवधी भाषामा विद्यावारिधी तहसम्म विश्वविद्यालयमा पढाईको कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल र भारतका विश्वविद्यालयमा अवधी भाषाको उच्च शिक्षाको पढाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतको उत्तर प्रदेश र नेपालको पश्चिम क्षेत्रमा बोलिने अवधी भाषाको छुट्टै पहिचान रहेकाले यो क्षेत्र अवधको रुपमा पहिचान बनाएकाले अवधीको विरासतलाई उच्च स्थानमा पुर्याउनुपर्ने सहभागीहरुको भनाई थियो । 

कार्यक्रममा डा. राममनोहर अवध विश्व विद्यालय अवधी भाषा, साहित्य र संस्कृति विभागका प्रमुख सुरेन्द्र मिश्रले अवधी नेपाल र भारतविचको सम्वन्ध सदियोदेखि भएकाले अवधी भाषालाई शैक्षिक रुपमा विकास गर्न विश्वविद्यालयले विशेष योजना बनाएको भन्दै अवधी विश्वविद्यालयमा अवधीको पाठ्यक्रममार्फत स्नातक तहसम्म अवधीको पढाईको तयारी गरिने प्रतिबद्धता गर्नुभयो ।

सम्मेलनमा डा. राममनोहर अवध विश्व विद्यालय अवधी भाषा, साहित्य र संस्कृति विभागका प्राध्यापक प्रत्याशा मिश्रले अवधी भारत र नेपालका अधिकाँस क्षेत्र अवधी भाषी क्षेत्र भएकाले अवधी विषयको पढाईलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा अवधी पत्रकार संघ नेपालका सल्लाहकार नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र प्रमुख विजय बर्मा, अर्का सल्लाहकार आलोक तिवारी, संस्थापक अध्यक्ष सुर्यलाल यादव, भारत नेपाल अवधी परिषदका सचिव प्रदिप सारङ्ग, साहित्यकार विजय शुक्ला, साहित्यकार नगेन्द्रप्रताप सिंह लगायतले आ–आफ्नो साहित्यिक रचना बाचन गर्दै धारणा व्यक्त गर्नुभएको थियो ।

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका पत्रकार र अवधी साहित्यकारहरुको सहभागिता रहेको थियो । डा. राममनोहर अवध विश्व विद्यालयमा अवधी भाषामा पिजी डिप्लोमा अध्ययनरत विद्यार्थीहरुले पहिलो सेमेस्टरको परिक्षा दिएका छन । 


 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…