Pairabi logo

मंसिर ०४, २०८३, बिहीबार                    

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

डेक्स

डेक्स

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै
ADVERTISEMENT


बाँके, १२ कार्तिक : आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाहरु आज करवाचौथ पर्व मनाउँदैछन ।

तराईमा बसोबास गर्ने विवाहित महिलाहरुले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको नेपालगन्ज–६ की अगुवा महिला दानकुमार पाठकले बताउनुभयो । उहाँका अनुसार महिलाहरु आज दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गर्नेछन् ।

आज बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनःपतिको पूजा गर्दै व्रतालु महिला पूजापश्चात् पतिको हातबाट सबैभन्दा पहिले पानी (जल) ग्रहण गर्दछ भने त्यसपछि पतिलाई प्रसाद र पकवान खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । 

यसपर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरु राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, विभिन्न शृङ्गार गरि दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी ९गहुको पिठो चाल्ने बस्तु० मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चल्नीमा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् ।

घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवानको चित्र कोरेर टोलभरीका महिलाहरु एक ठाउँमा जम्मा भएर पुजापाठ गर्ने गर्दछन । आजको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पुजा गरिन्छ । पुजापाठ पश्चात महिलाहरुविच कथा सुनाउने चलन रहेको छ । 

करवाचौथ पर्व तराईको नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया, र भारतको बहराईच, श्रावस्ती, लखनाउलगायत क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

ताजा

सबै

श्रीअगा अस्पतालको सेवा प्रभावकारी, आँखा उपचार सेवा सुरु

कोहलपुर, बाँके । बाँकेको कोहलपुरस्थित श्रीअगा अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न…

छठका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ, २७ कात्तिकः सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह…

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके, २७ कात्तिकः बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्व…

संरक्षणको अभावमा कान्तिताल

बाँके, २६ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र…

लोकप्रिय

सबै

यो पनि

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

अवधी समुदायका महिलाद्धारा भैया दुईजमा ‘भुर्की पुजन’

बाँके :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन बुधबार यम द्धितीया अर्थात् भै…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…