Pairabi logo

कात्तिक २४, २०८३, सोमबार                    

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

डेक्स

डेक्स

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
ADVERTISEMENT

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ ।

थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । दिनभरको काम सकेर साँझपख सामूहिक रूपमा नाचिने यस नाचले गाउँमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

कोहलपुर नगरपालिका–मैटहवाका थारु अगुवा दीपेन्द्र चौधरीले पछिल्लो समय गाउँबस्तीमा दैनिकजसो सखिया नाच हुन थालेपछि दसैँको रौनक थपिएको बताउनुभयो । उहाँका अनुसार नाचका क्रममा दुष्टात्माबाट जोगिन गुरुवाको व्यवस्था गरिन्छ भने गाउँका बरघर तथा भद्रभलादमीले यसको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्छन् ।

राप्तीसोनारी गाउँपालिका–बैजापुरका थारु अगुवा विक्रम थारुका अनुसार सखिया नाचमा युवतीले नृत्य गर्ने र युवाले मादल बजाउने परम्परा छ । नाचमा मादलको सङ्ख्या र ताल बढ्दै जाँदा यसको आकर्षणसमेत बढ्ने उहाँले बताउनुभयो । यसका लागि कम्तीमा चारदेखि पाँच जनासम्म मादल बजाउने युवा सहभागी हुने गर्छन् ।

सखिया नाचमा सामान्यतया १५ देखि २० जना युवती सहभागी हुन्छन् । उनीहरू सेतो फरिया, रातो चोलिया र रातो रिबन लगाएर परम्परागत पहिरनमा सजिने गर्छन् । थारु संस्कृति झल्काउने विभिन्न गहना तथा सात रङले सजाइएको मञ्जीरा नाचको थप आकर्षण बन्ने गरेको छ ।

बाँकेको टिटिहिरियाका शङ्करसिंह थारुका अनुसार सखिया नाचमा डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवताको स्तुति गीतमार्फत गरिन्छ । गीतका माध्यमबाट समुदायको शान्ति, सुख र सुरक्षाको कामना गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

नाचमा सहभागी युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना र कुकरलगौतीलगायत परम्परागत गहना लगाउने गर्छन् । उनीहरूको पहिरनमा गोन्या, चोल्या र फरियाको प्रयोगले थारु समुदायको मौलिक संस्कृति झल्काउने गरेको अगुवाहरू बताउँछन् ।

गाउँका साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर सामूहिक रूपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवाहरूको भनाइ छ । यो नाचले समुदायमा सामूहिकता, आपसी सहयोग र एकताको भावना बलियो बनाउने गरेको छ ।

सखिया नाच सम्पन्न भएपछि सहभागीले सङ्कलन गरेको रकमबाट माछा, मासु तथा अन्य परिकार तयार गरी सामूहिक रूपमा खाने चलनसमेत रहेको छ । यसले मनोरञ्जनसँगै सामुदायिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउँदै आएको छ ।

थारु समुदायको मौलिक कला, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सखिया नाच दसैँका बेला पुस्तान्तरण हुँदै आएको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
–––

ताजा

सबै

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…