Pairabi logo

पुस २६, २०८२, शनिबार                    

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल

डेक्स

डेक्स

बर्दिया जब्दीघाट पुल पुर्नःनिमार्ण हुने, सांसद गौतमको सत्याग्रह सफल
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, ३ माघ । पूर्व सिचाई मन्त्री एवं बर्दिया क्षेत्र नं. १ का निर्वाचित संघिय सांसद संजय कुमार गौतमले जब्दीघाटमा पुल निर्माणका लागि गरेको सत्याग्रह सफल भएको छ ।

सांसद गौतमले जब्दीघाटमा पुल निर्माण लगायतको माग राख्दै २०८० बैशाख ३० गते देखि २०८० जेठ ०६ गते आठऔं दिन सम्म “हाम्रो बर्दिया बचाऔं, समुन्नत बर्दिया बनाऔं” भन्ने मुल नाराका साथ आमरण अनसन (सत्याग्रह) बस्नुभयो । सोही अनुरुप अहिले नेपाल सरकारले आमरण अनसन तोड्न गरिएको सम्झौता बमोजिम बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई जोड्ने जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित गरेको छ । 

सांसद गौतमको सत्याग्रहका कारण १ अर्ब १ करोड २९ लाख रुपैयाँ बजेट व्यवस्थापन गर्दै सरकारले पुल निर्माण प्रक्रिया अघि बढाउने पक्कापक्की गरेको हो । सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बजेट सहमति भइसकेको र अब एक महिनाभित्र ठेक्का प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले सर्वे र निर्माण एउटै कम्पनीले गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो । 

२०७४ सालको बाढीले भासिएको र २०७९ को बाढीले पूर्ण रूपमा भत्काएको यो पुलका कारण बारबर्दियावासीले लामो समयदेखि ठूलो सास्ती व्यहोर्दै आएका छन् । अहिले पनि बर्खामा डुंगाको सहारा र हिउँदमा अस्थायी काठको पुल प्रयोग गर्न बाध्य थिए । 

पुल निर्माण सम्पन्न भए पश्चात बारबर्दिया र सदरमुकाम गुलरिया प्रत्यक्ष जोडिनेछ, जसले न केवल यातायात सहज बनाउनेछ, बल्कि स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ । बजेट सुनिश्चित भई पुल निर्माण हुने भएपछि सांसद गौतमले दिएको योगदान “सत्याग्रह” सफल भएकोमा स्थानीयले “टाईगर अभी जिन्दा है,” भन्दै प्रशंसा गरेका छन् ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…