Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

डेक्स

डेक्स

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट
ADVERTISEMENT

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस एक समारोहको आयोजना गरी भव्य रूपमा मनाईएको छ ।

नागरिक मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा पूर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतमले पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेल देवकमललाई संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतका अध्यक्ष भरत क्षेत्रीले स्थापना गरेको ‘पृथ्वी पुरस्कार’ प्रदान गर्नुभयो ।

समारोहमा सांसद गौतमले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै उहाँका दिव्य उपदेश अवलम्बन गर्न सुझाव दिनुभयो । गौतमले परराष्ट्र नीति, अर्थतन्त्र र छिमेकीहरूसँगको सम्बन्ध बलियो बनाउन शाहले दिएको मार्गदर्शन महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएको नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीले पूर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतम, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, कालि बहादुर गण गुलरियाका गणपति, गुलरिया नगरपालिकाका नगर प्रमुख सहित गुलरियाको सम्पूर्ण टिम, नागरिक समाज, उद्योगी, व्यापारी, संचारकर्मी र सम्पूर्ण बर्दियाबासीलाई कायक्रम सफल पार्न सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्नुभयो ।

यसै गरी पृथ्वी विचारक पौडेलले एकताको अभावका कारण देशले विकासमा अवरोध भोगेको उल्लेख गर्दै एकता कायम गर्न सके देश समृद्ध हुने बताउनुभयो । उहाँले पुरस्कारदाताहरू र आयोजकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

समारोहमा जिल्ला समन्वय समिति अध्यक्ष सूर्य बहादुर बिष्ट, नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेकपा माओवादीका युवा नेता गेहेन्द्र प्रसाद ढकाल, राप्रपा नेतृ पार्वती लम्साल, राप्रपा नेपालका रिजवान हास्मी र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाबाट सैनिक सलामी, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन र जय हरियाली अभियान अन्तर्गत वृक्षारोपण जस्ता गतिविधिहरू सम्पन्न भएका थिए । समारोहमा विभिन्न पार्टीका प्रतिनिधि, सामाजिक संस्था, नागरिक अगुवा, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि