Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट

डेक्स

डेक्स

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सहयोग गर्नेलाई आभार प्रकट
ADVERTISEMENT

बर्दिया २९ पुस । बर्दियाको गुलरिया नगरपालिका वडा नं। ८ स्थित पृथ्वी पार्कमा ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस एक समारोहको आयोजना गरी भव्य रूपमा मनाईएको छ ।

नागरिक मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा पूर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतमले पृथ्वी विचारक कृषि पत्रकार कमल राज पौडेल देवकमललाई संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतका अध्यक्ष भरत क्षेत्रीले स्थापना गरेको ‘पृथ्वी पुरस्कार’ प्रदान गर्नुभयो ।

समारोहमा सांसद गौतमले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै उहाँका दिव्य उपदेश अवलम्बन गर्न सुझाव दिनुभयो । गौतमले परराष्ट्र नीति, अर्थतन्त्र र छिमेकीहरूसँगको सम्बन्ध बलियो बनाउन शाहले दिएको मार्गदर्शन महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएको नागरिक मूल समारोह समितिका अध्यक्ष हेमन्त प्रकास गिरीले पूर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतम, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, कालि बहादुर गण गुलरियाका गणपति, गुलरिया नगरपालिकाका नगर प्रमुख सहित गुलरियाको सम्पूर्ण टिम, नागरिक समाज, उद्योगी, व्यापारी, संचारकर्मी र सम्पूर्ण बर्दियाबासीलाई कायक्रम सफल पार्न सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्नुभयो ।

यसै गरी पृथ्वी विचारक पौडेलले एकताको अभावका कारण देशले विकासमा अवरोध भोगेको उल्लेख गर्दै एकता कायम गर्न सके देश समृद्ध हुने बताउनुभयो । उहाँले पुरस्कारदाताहरू र आयोजकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

समारोहमा जिल्ला समन्वय समिति अध्यक्ष सूर्य बहादुर बिष्ट, नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौर, नेकपा माओवादीका युवा नेता गेहेन्द्र प्रसाद ढकाल, राप्रपा नेतृ पार्वती लम्साल, राप्रपा नेपालका रिजवान हास्मी र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाबाट सैनिक सलामी, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन र जय हरियाली अभियान अन्तर्गत वृक्षारोपण जस्ता गतिविधिहरू सम्पन्न भएका थिए । समारोहमा विभिन्न पार्टीका प्रतिनिधि, सामाजिक संस्था, नागरिक अगुवा, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…