Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो

डेक्स

डेक्स

वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे युवाको चासो
ADVERTISEMENT

नेपालगन्ज, ४ माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने क्षतिको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् ।

बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताउनुभयो । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा नपाउँदा सुविधाबाट वन्चित हुनु परेको स्थानिय युवा गोमा खत्रीले बताउनुभयो । उहाँले राहत पाउने प्रक्रिया ढिला भएको हुँदा पनि यसतर्फ धेरै स्थानियहरुले चासो नदिएको दुखेसो पोख्नुभयो ।

वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी कार्यक्रमका सहभागीहरुले आफ्ना अनुभव र समस्याहरुबारे यस्तो बताएका हुन । समाज सुधार युवा क्लबका सदस्य सुरेश वलीले वन्यजन्तुबाट हुने असर कम गर्न तारजाली मात्र भएर नहुने बताउनुभयो । कार्यक्रमका सहभागीहरुले राहत प्रक्रिया सरल बनाउनुपर्ने र स्थानीय निकायले प्रत्यक्ष निरीक्षणको आधारमा राहत दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा उठेका मुद्दाहरुलाई समेट्दै सहजकर्ता सावित्री गिरीले वन्यजन्तुबाट भएको राहत वितरण निर्देशिका २०८० मा समेटिएका राहात पक्रियाका बिषयमा जानकारी गराउनुभएको थियो ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधिका रुपमा क्लब चौतारी गरिएको समुदायका लागि सञ्चार अभियान नेपाल ९सीसीएन०का कार्यक्रम संयोजक भिम बहादुर सार्कीले बताउनुभयो  ।
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…