हनुमान ज्यन्ती महोत्सव सुरु हुदै
नेपालगन्ज, ८ बैशाख : हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं२ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती महोत्सव सुरु हुने भएको छ । भोली आइतबारदेखि अखण्ड रामायण पाठ, अष्टयाम संकिर्तन एवं निशान पुजनसहित सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा...
गनापुरस्थित जडिबुटी प्रशोधन उद्योगमा आगलागी
नेपालगन्ज, ६ बैशाख ः बाँकेको जानकी गाउँपालिका वार्ड नं. ६ पिपरहवास्थित राजेश जैनले संचालन गरेको बाहुबली जडिबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । बिद्युतको तार सर्ट भएर आज विहान भएको आगलागी दिउसो दुई बजे नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी...
प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी
नेपालगन्ज, ५ वैशाखः बाँकेको कोहलपुर नगरपालिका१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् ।...
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ, ५ वैशाख :आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै...
ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु
नेपालगन्ज उपमहानगरपालिकाले ईरिक्सा चालकहरुलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गर्नुभयो । नेपालगन्जमा ईरिक्सा व्यवस्थापन गर्नका लागि उपमहानगरपालिकाले पछिल्लो समय ईरिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण...
निमार्णधिन नेपालगन्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग
नेपालगन्ज । नेपालगन्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुली बारे सूचना माग गरिएको छ । नेपालगन्ज बागेश्वरी मन्दिरको पुर्वतर्फ निमार्णधिन चिल्ड्रेन पार्कको बजेटसहितको योजना र स्टीमेट र नेपालगन्ज वार्ड नं. २ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाईमास्ट...
विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप
नेपालगन्ज २७ चैत । नेपालगन्ज उपमहानगरपालिकाको आपतकालिन विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना निमार्णका लागि नेपालगन्जमा सरोकारवालासंग सुझाव तथा छलफल गरिएको छ । विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना टेबुलटप कृतिम घटना अभ्यासको छलफल गरिएको हो । आज मंगलबार भएको...
बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
नेपालगन्ज, चैत २७ गते । बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो...
सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
बाँकेको नेपालगञ्जबघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन । राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक...
जमुनाह सूचना केन्द्र सञ्चालमा आउदै
नेपालगन्ज । बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट नेपाल भित्रने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना भएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा काम...
लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त
नेपालगन्ज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ ९२० अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । माओवादी संसदीय दलका नेता महराले आज मात्र बहुमत ४४ सांसदको हस्ताक्षरसहित...
बाँकेमा गुरुकुल विद्यालय सञ्चालन हुँदै
नेपालगन्ज, २२ चैतः बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका२२ को खलवा पुरैनीमा गुरुकुल विद्यालय सञ्चालनका लागि भवन निर्माणकार्य सुरु गरिएको छ । स्थानीयको अथक साथ सहयोग तथा दाताहरूको सहकार्यमा लामो समयको प्रयासपछि...
बर्दियाका तीन बिद्यालयलाई बिज्ञान प्रयोगशाला सामाग्री सहयोग
नेपालगन्ज, चैत २२ । बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराइएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत बाँके यूनेस्को क्लवले विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग उपलब्ध गराएको हो । विद्यालयहरूको...
नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु
नेपालगन्ज, २१ चैत :नेपालगन्ज कारागारका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ का ६६ वर्षिय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजंङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार आज बुधबार विहान करिब ४...
गर्मी छल्न नेपालगन्जमा कुलिङ् सेन्टर बन्दै
नेपालगञ्ज । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले एउटा कुलिङ् सेन्टर निर्माणको काम अघि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिङ् सेन्टर निर्माणको काम अघि बढेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि...
आपसी झगडामा एक दम्पत्ती गम्भीर घाइते
खजुरा (बाँके), १९ चैत । बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच भएको आपसी झगडामा दुबै जना गम्भीर घाइते भएका छन् । आपसमा धारिलो हतियारले हानाहान हुँदा गम्भीर घाइते भएका दुबै जनाको उपचार भइरहेको छ । खजुरा गाउँपालिका वडा नम्बर३ बीगाउँका महेन्द्र...
कपिलवस्तुमा वडाध्यक्ष घुससहित पक्राउ
नेपालगन्ज । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग...
नेपालगन्जमा युवकको हत्या, खजुरामा आगलागी
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा घाँटी रेटेर एक युवकको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा स्थानीय करिब २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी...
बाँकेमा महिला स्वंयसेविकाहरुलाई नगद रकम सहित बिदाई
नेपालगन्ज । बाँकेका ६० बर्ष उमेर पुगेका १३ जना महिला स्वंयसेविकाहरुलाई आज नगद रु. ५० हजार सहित बिदाई गरिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको सम्मान कार्यक्रममा उनीहरुलाई लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले सम्मान सहित बिदाई गर्नुभयो ।...
दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन
नेपालगन्ज १७ चैत स् नेपालगञ्ज उपमहानगरपालिका२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था...