Pairabi logo

कात्तिक २५, २०८३, मंगलबार                    

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

डेक्स

डेक्स

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु
ADVERTISEMENT

बर्दिया, २४ कात्तिकः  बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका कोहलपुर नगरपालिका–९ निवासी १६ वर्षीय रिदम थापाको उपचारका क्रममा भारतको लखनउस्थित समरामेक्स अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । 

उहाँको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बोहराले जानकारी दिनुभयो । घाइते भएका दुवैलाई प्रारम्भिक उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको थियो । 

दुवैलाई थप उपचारका लागि भारतको लखनउस्थित समरामेक्स अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आज मंगलबार बिहान थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१४प ८६२४ नम्बरको मोटरसाइकल सोमबार बिहान बढैयाताल गाउँपालिका–८ शीतलाबजारस्थित हुलाकी राजमार्गमा आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेको क्षतिग्रस्त मोटरसाइकल प्रहरी चौकी शीतलाबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
–––

ताजा

सबै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

छठ पर्वको तयारी गरिँदै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …