Pairabi logo

असोज २६, २०८३, सोमबार                    

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

डेक्स

डेक्स

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै
ADVERTISEMENT

नेपालगन्ज, ३ मसिंर : राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालगञ्जको राँझास्थित श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा मङ्सिर १५ गते नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्न लागेको हो ।

ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गरी देश विदेशसम्म त्यहाँको पर्यापर्यटनलाई उजागर गर्ने र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

“बाँके राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत स्तनधारी प्राणी र यहाँका मनमोहक चुरेका टाकुरालाई पर्यटनको विकासमा जोड्न सकियो भने यो निकुञ्जमा आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्न सक्ने सम्भावना भएको हुनाले नेपाली सेनाले यसको प्रर्वद्धनका लागि टुर दी बाँके नेसनल पार्कको आयोजना गर्न लागेको हो”, उहाँले भन्नुभयो ।

उहाँले कान्छो निकुञ्जका रुपमा उक्त बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको बताउँदै यसलाई सधैँ कान्छो निकुञ्जका रुपमा नहेर्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गर्नुभयो । बाँके राष्ट्रिय निकुञ्जलाई नाघेर हजारौँ पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने र उताबाट फर्किएर पुनः चितवन राष्ट्रिय निकुञ्जको सफारीमा जाने प्रचलन भएको हुँदा अब बाँके राष्ट्रिय निकुञ्जलाई नै पर्यटकहरुको ‘हब’ बनाउनमा नेपाली सेनाले कदम चालेको उहाँको भनाइ थियो ।  

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सहआयोजक रणबम गणका गणपति प्रमुख सेनानी प्रवीन थापाले निकुञ्जको पर्यटनलाई प्रवद्र्धन गर्नका लागि निकुञ्जको भित्री ‘कोर एरिया’मा १६ किलोमिटर साइकल यात्रामार्फत ‘टुर दी बाँके नेसनल पार्क’ हुने जानकारी दिनुभयो । 

“ढकेरीस्थित बच्चापुरको हात्तीसारबाट साइकल यात्रा सुरु गरेर निकुञ्ज भित्रको कोर एरिया हुँदै १६ किलोमिटर दूरी पार गरेर रणबम गण हेक्वा ओभरी पुगेर समाप्त हुनेछ”, उहाँले भन्नुभयो, “हरेक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि यहाँबाट साइकल यात्राको आयोजना गर्दै आएको देखियो, तर यस वर्ष बाँके राष्ट्रिय निकुञ्जमै यो कार्यक्रम गर्न लागेका हौँ, बाँके निकुञ्जलाई विश्वमाझ चिनाउन हरेक तह र तप्काबाट सहयोग हुनुपर्दछ ।” 

मङ्सिर १५ गते हुन गइरहेको ‘टुर दी बाँके नेसनल पार्क’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत र बुटवलका करिब एक सय ‘साइक्लिष्ट’को सहभागिता हुनेछ । आयोजकका अनुसार ५० जना जति बाँके साइकल सङ्घमार्फत र बाँकी नेपाली सेना लगायतबाट सहभागिता रहनेछ । बाँके साइकल सङ्घका अध्यक्ष गगन थापाले नेपाली सेनाको आयोजनामा साइकल सङ्घको समन्वयमा साइकल यात्रा हुन लागेको बताउनुभयो । 

उहाँले ‘टुर दी बाँके नेसनल पार्क’ मा साइकल सङ्घमार्फत ५० जना साइक्लिष्टको सहभागिता रहने पक्का भइसकेको बताउनुभयो । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो ।

उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो । विसं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा विसं २०७७ देखि श्री अर्जुनवाण गण हुँदै हाल श्री रणबम गणले निकुञ्जको सुरक्षा गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…