Pairabi logo

कात्तिक २५, २०८३, मंगलबार                    

छठ पर्वको तयारी गरिँदै

डेक्स

डेक्स

छठ पर्वको तयारी गरिँदै
ADVERTISEMENT

जनकपुरधाम, २४ कात्तिक : दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । 

त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृङ्गार थालिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँस्थित गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शृङ्गारलाई तीव्रता दिइएकोछ ।

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम  आउने तयारी भइरहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र शृङ्गार्ने तयारी भइरहेको उहाँको भनाइ छ । 

जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामाग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल विस्तारै बढेको छ । छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्णले बताउनुहुन्छ ।

छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामाग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन् । ती समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजासामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन् ।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ । 
–––

ताजा

सबै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

छठ पर्वको तयारी गरिँदै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…