Pairabi logo

कात्तिक २५, २०८३, मंगलबार                    

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

डेक्स

डेक्स

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो
ADVERTISEMENT

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि खजुरा बजारको मुहार फेरिएको छ । 

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र अवस्थामा छोडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशालयको जिम्मामा सडकको स्तरोन्नति गरिएको हो ।

खजुरा बजार क्षेत्रमा १६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिब दुई मिटरको फुटपाथसहित स्तरोन्नतिको कार्य गरिएको योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार एक हजार ८०० मिटर सडक र त्यसैअन्तर्गत पेडारी नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर काम गरिएको हो । 

नेपालगञ्ज–गुलरिया हुलाकी सडकको २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा अलपत्र अवस्थामा रहेको खजुराबजार खण्ड हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर निर्माण गरिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जबाट रु सात करोड एक हजार ६९ मा ठेक्का पाएको निर्माण कम्पनी मैटहवा–एनएटी–स्टेटलाइट जेभीले कुल एक हजार ८०० मिटर सडकमा अहिले ‘अक्सफाल्ड प्रविधि’बाट कालोपत्रे भएको योजना कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

चार लेन सडक निर्माण गर्न विसं २०७४ मा सडक डिभिजनबाट ठेक्का लगाइएकामा ठेकेदार कम्पनीबाट गुणस्तरहीन र अधुरो अवस्थामै अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीले विगत नौ वर्षदेखि सास्ती खेप्दै आएका थिए । सडकको स्तरोन्नति भएसँगै हाल खजुरा बजारको मुहार फरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले बताउनुभयो ।

उहाँका अनुसार विसं २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको उक्त सडक २०७७ चैतमा सम्पन्न गर्नुपर्ने थियो । सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि ठेकेदारको कम्पनीको लापरबाहीका कारण योजना सम्पन्न भएन । निर्माण गरिएको सडक पनि गुणस्तरहीन भएपछि स्थानीयले पटक आन्दोलन गर्दै आएका थिए । त्यसबीचमा स्थानीयको लगातारको विरोध र ठेकेदारको लापरबाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडकलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तरोन्नति गरेको हो । सडक स्तरोन्नति भएसँगै खजुरा बजारको पहुँच पनि बढेको अध्यक्ष विकले बताउनुभयो ।
–––

ताजा

सबै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

धान बिक्रीको पर्खाइमा किसान

नेपालगन्ज, २३ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थान…

लोकप्रिय

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका सात पालिकाका ३६ शिक्षक क्षमता अभिबृद्धि तालिम

बर्दिया, १९ कार्तिब । आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण क्षमता अभ…

बाल संरक्षण सूचना व्यवस्थापन तथा केस रिपोर्टिङ प्रणाली बारे क्षमता अभिवृद्धि

बर्दिया । बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपाल…

यो पनि

छठ पर्वको तयारी गरिँदै

छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक :दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र…

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनाः युवकको मृत्यु

बर्दिया, २४ कात्तिकः बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भन…

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

चारलेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरियो

बाँके,२४ कात्तिकः विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भए…

फूल बेचेरै तिहार खर्चको जोहो

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज, २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार …