Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

सम्वाददाता

सम्वाददाता

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो
ADVERTISEMENT

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । 

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको ‘वातावणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’का सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

युएसएआइडी/द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्बाद गरिएको सीसीएनले जनाएको छ । 

खैरेनीमा विशेषगरी बाँदर, बाघ र हात्तीको आतंक रहेको सहभागीहरुले वताएका थिए । बाँदरले लगाएको तरकारी बाली, सुकाएको अन्नबाली चोरेर खाइदिने गरेको र बाघले जंगलमा बाख्रा चराउन जाँदा र खोरभित्रैका बाख्रा र सुँगुर खाइदिने गरेको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका सदस्य मीना थारुले बताउनुभयो । हात्तीहरुले बेलाबेला आएर घर भत्काइदिने र अन्नबाली खाइदिने गरेको समेत उहाँको गुनासो थियो । 

यस्तै, सहभागीहरुले वनजंगल सडकको छेउमा उज्यालो नहुँदा बाघ, चितुवा लागायतका वन्यजन्तुले आकस्मिक हमला गर्न सक्ने सम्भावना रहेकाले स्थानिय सरकारले सडक बत्ती जडान गर्दा सहज हुने धारणा राखेका थिए । वन्यजन्तु पीडीतहरुले पाउनुपर्ने राहत झन्झटिलो भएको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढिकराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरका सुँगर बाख्रा बाघले मारिदिएको सिफारिस खाता सामदायिक वन समन्वय समितिमा पठाएको भएतापनि पीडितहरुले अझैसम्म राहत पाएका छैनन् ।” 

गोलघर सम्वादको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा व्यवस्था भएको राहत पाउने प्रक्रिया, राहतको रकम, राहत प्राप्त गर्नका लागि पु¥याउनुपर्ने प्रक्रिया र बीमा सुविधा लिने प्रक्रिया लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

गोलघर सम्वादले मानव–वन्यजन्तु द्वन्दबाट प्रभावित समुदायका समस्या र सामाजिक–आर्थिक प्रभावहरुको पहिचान गर्दै समाधानका उपायहरु साझा गर्ने, समुदायलाई अधिकार, जिम्मेवारी, र वकालतका माध्यमबारे सचेत बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा सम्वादबाट प्राप्त विचार र सुझावहरुलाई दस्तावेजीकरण गरी सम्बन्धित निकायहरुसम्म पु¥याउने उद्देश्य राखेको छ । 

गोलघर सम्वाद कार्यक्रममा वन्यजन्तु प्रभावित स्थानीय, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, बडघर, किशोरी क्लबका प्रतिनिधि लगायत झण्डै ५० जनाको सहभागिता थियो । सम्बादको उद्देश्य बारे प्रकाश पार्दै सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले पहिलो चरणमा विभिन्न सम्बाद कार्यक्रम मार्फत् वातावरणीय न्यायका सवालमा सचेतनामुलक अभियान चलाइने र दोस्रो चरणमा सरोकारवाला र प्र्रभावितहरु वीच सहजीकरण गरी समस्याको समाधान तथा नीतिगत सुधारका लागि पैरवी गरिने बताउनु भयो । 

सीसीएनका अनुसार सम्वाद कार्यक्रमहरुको अडियो भिजुअल कार्यक्रम तयार गरि स्थानीय रेडियो र मल्टिमिडिया माध्यम मार्फत् प्रसारण गरिने छ । यो अभियान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा समेत सञ्चालित रहेको सीसीएनले जनाएको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…