Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो

सम्वाददाता

सम्वाददाता

वन्यजन्तुबाट पिडितको क्षतिपूर्तिको प्रक्रिया सहज नभएको गुनासो
ADVERTISEMENT

बर्दिया १४ मसिंर । वन्यजन्तु प्रभावितहरुका लागि प्रदान गरिने क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो प्रभावित क्षेत्रका स्थानीयहरुले गरेका छन् । 

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले बर्दियाको मधुवन नगरपालिका वडा नं. २ खैरेनीमा शुक्रबार आयोजना गरेको ‘वातावणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’का सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

युएसएआइडी/द एसिया फाउण्डेशनद्धारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्बाद गरिएको सीसीएनले जनाएको छ । 

खैरेनीमा विशेषगरी बाँदर, बाघ र हात्तीको आतंक रहेको सहभागीहरुले वताएका थिए । बाँदरले लगाएको तरकारी बाली, सुकाएको अन्नबाली चोरेर खाइदिने गरेको र बाघले जंगलमा बाख्रा चराउन जाँदा र खोरभित्रैका बाख्रा र सुँगुर खाइदिने गरेको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका सदस्य मीना थारुले बताउनुभयो । हात्तीहरुले बेलाबेला आएर घर भत्काइदिने र अन्नबाली खाइदिने गरेको समेत उहाँको गुनासो थियो । 

यस्तै, सहभागीहरुले वनजंगल सडकको छेउमा उज्यालो नहुँदा बाघ, चितुवा लागायतका वन्यजन्तुले आकस्मिक हमला गर्न सक्ने सम्भावना रहेकाले स्थानिय सरकारले सडक बत्ती जडान गर्दा सहज हुने धारणा राखेका थिए । वन्यजन्तु पीडीतहरुले पाउनुपर्ने राहत झन्झटिलो भएको गंगापटुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ढिकराम थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरका सुँगर बाख्रा बाघले मारिदिएको सिफारिस खाता सामदायिक वन समन्वय समितिमा पठाएको भएतापनि पीडितहरुले अझैसम्म राहत पाएका छैनन् ।” 

गोलघर सम्वादको सहजीकरण गर्दै विषय विज्ञ रमेश थापाले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मा व्यवस्था भएको राहत पाउने प्रक्रिया, राहतको रकम, राहत प्राप्त गर्नका लागि पु¥याउनुपर्ने प्रक्रिया र बीमा सुविधा लिने प्रक्रिया लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

गोलघर सम्वादले मानव–वन्यजन्तु द्वन्दबाट प्रभावित समुदायका समस्या र सामाजिक–आर्थिक प्रभावहरुको पहिचान गर्दै समाधानका उपायहरु साझा गर्ने, समुदायलाई अधिकार, जिम्मेवारी, र वकालतका माध्यमबारे सचेत बनाउँदै उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा सम्वादबाट प्राप्त विचार र सुझावहरुलाई दस्तावेजीकरण गरी सम्बन्धित निकायहरुसम्म पु¥याउने उद्देश्य राखेको छ । 

गोलघर सम्वाद कार्यक्रममा वन्यजन्तु प्रभावित स्थानीय, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, बडघर, किशोरी क्लबका प्रतिनिधि लगायत झण्डै ५० जनाको सहभागिता थियो । सम्बादको उद्देश्य बारे प्रकाश पार्दै सीसीएनका कार्यकारी निर्देशक तुला अधिकारीले पहिलो चरणमा विभिन्न सम्बाद कार्यक्रम मार्फत् वातावरणीय न्यायका सवालमा सचेतनामुलक अभियान चलाइने र दोस्रो चरणमा सरोकारवाला र प्र्रभावितहरु वीच सहजीकरण गरी समस्याको समाधान तथा नीतिगत सुधारका लागि पैरवी गरिने बताउनु भयो । 

सीसीएनका अनुसार सम्वाद कार्यक्रमहरुको अडियो भिजुअल कार्यक्रम तयार गरि स्थानीय रेडियो र मल्टिमिडिया माध्यम मार्फत् प्रसारण गरिने छ । यो अभियान बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ मा समेत सञ्चालित रहेको सीसीएनले जनाएको छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…