Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने

सम्वाददाता

सम्वाददाता

लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने
ADVERTISEMENT

अजय चापागाई
बर्दिया, ९ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ ।

लन्डनमा ११ जनवरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी अन्तिम भइरहंदा अध्यक्ष क्षेत्रीले यसवर्ष पौडेललाई एक लाख रुपैयांको पुरस्कार दिने घोषणा भएको जानकारी दिनुभयो ।

राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वीनारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार वर्षेनी प्रदान गरिने क्षेत्रीले बताउनुभयो ।

गोल्डेन सिप रेष्टुरेन्ट लन्डनमा दिउसो हुने उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी तथा नेपाली दुतावास परिवार लगायत लन्डनमा रहने गैरआवासिय नेपाली समाज जोडिने क्षेत्रीले बताउनुभयो ।

उहाँले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गर्नुभएको छ । अध्यक्ष क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार, २०६२÷२०६३ को राजनीतिक परिवर्तन पछि नेपाल सरकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन छोडे पछि विभिन्न तहबाट राष्ट्रनिर्माता प्रति चौतर्फी नकारात्मक हमला बढिरहेको बेला २०६५ साल देखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु गर्नुका साथै सबै सरकारी गैर सरकारी संघसंस्थाहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान सहित बर्दियाको गुलरियामा शालिक निर्माण गरी योगदान पु¥याएकोले पौडेललाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुरस्कृत गरिंदैछ ।

पृथ्वी पुरस्कार पहिलो वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी, दोस्रो बर्ष मदेश प्रदेशका पुर्व प्रदेश प्रमुख डा। राजेश अहिराज र तेस्रो बर्ष पर्यटन व्यवसायी एवं पृथ्वी विचार अभियन्ता भरत बस्नेतलाई प्रदान गरिएको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …