Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने

सम्वाददाता

सम्वाददाता

लण्डनमा स्थापित रु एक लाखको चौथो पृथ्वी पुरस्कार बर्दियाका पत्रकार पौडेललाई दिइने
ADVERTISEMENT

अजय चापागाई
बर्दिया, ९ पुस । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई दिइने भएको छ ।

लन्डनमा ११ जनवरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी अन्तिम भइरहंदा अध्यक्ष क्षेत्रीले यसवर्ष पौडेललाई एक लाख रुपैयांको पुरस्कार दिने घोषणा भएको जानकारी दिनुभयो ।

राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वीनारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार वर्षेनी प्रदान गरिने क्षेत्रीले बताउनुभयो ।

गोल्डेन सिप रेष्टुरेन्ट लन्डनमा दिउसो हुने उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी तथा नेपाली दुतावास परिवार लगायत लन्डनमा रहने गैरआवासिय नेपाली समाज जोडिने क्षेत्रीले बताउनुभयो ।

उहाँले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गर्नुभएको छ । अध्यक्ष क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार, २०६२÷२०६३ को राजनीतिक परिवर्तन पछि नेपाल सरकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन छोडे पछि विभिन्न तहबाट राष्ट्रनिर्माता प्रति चौतर्फी नकारात्मक हमला बढिरहेको बेला २०६५ साल देखि बर्दियामा नागरिक स्तरबाट पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रम शुरु गर्नुका साथै सबै सरकारी गैर सरकारी संघसंस्थाहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान सहित बर्दियाको गुलरियामा शालिक निर्माण गरी योगदान पु¥याएकोले पौडेललाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुरस्कृत गरिंदैछ ।

पृथ्वी पुरस्कार पहिलो वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी, दोस्रो बर्ष मदेश प्रदेशका पुर्व प्रदेश प्रमुख डा। राजेश अहिराज र तेस्रो बर्ष पर्यटन व्यवसायी एवं पृथ्वी विचार अभियन्ता भरत बस्नेतलाई प्रदान गरिएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…