Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

सम्वाददाता

सम्वाददाता

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा
ADVERTISEMENT

बर्दिया, १२ मंसिर। बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुदाम्शु प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको बालबिवाहमुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने जनाउँदै सोही अभियान अन्तर्गत तीन वडा वडालाई घोषणा गरिएको बताउनुभयो । 

उहाँले सो घोषणामा प्लान नेपाल र अन्य विभिन्न संघसंस्थाहरुको सहयोग तथा भूमिका निकै सराहनीय रहेको बताउनुभयो । गुलरिया नगरपालिकालाई २०८१ साल भित्रै बालविवाहमुक्त पालिका बनाउने प्रतिवद्धता सो अवसरमा मेयर यादवले दोहोरयाउनुभयो ।  

सो अवसर गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि सरकार र सामाजिक संघसंस्थाले गरेको प्रयासलाई विस्तृत प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभयो ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालविवाह न्यूनीकरण र बाल अधिकार प्रवर्द्धनका लागि विभिन्न सरोकारवाला र संस्थाहरूको योगदान बारे चर्चा गर्नुभयो । 

सो समारोहमा ११ भन्दा बढी समूहहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता रहेको थियो ।  कार्यक्रमको संचालन गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले गर्नु भएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विक र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…