Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा

सम्वाददाता

सम्वाददाता

गुलरियाका वडाहरु बालविवाह मुक्त वडा घोषणा
ADVERTISEMENT

बर्दिया, १२ मंसिर। बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई एक भव्य समारोहबीच औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुदाम्शु प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको बालबिवाहमुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिने जनाउँदै सोही अभियान अन्तर्गत तीन वडा वडालाई घोषणा गरिएको बताउनुभयो । 

उहाँले सो घोषणामा प्लान नेपाल र अन्य विभिन्न संघसंस्थाहरुको सहयोग तथा भूमिका निकै सराहनीय रहेको बताउनुभयो । गुलरिया नगरपालिकालाई २०८१ साल भित्रै बालविवाहमुक्त पालिका बनाउने प्रतिवद्धता सो अवसरमा मेयर यादवले दोहोरयाउनुभयो ।  

सो अवसर गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले गुलरिया नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि सरकार र सामाजिक संघसंस्थाले गरेको प्रयासलाई विस्तृत प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभयो ।

सो अवसरमा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली र कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालविवाह न्यूनीकरण र बाल अधिकार प्रवर्द्धनका लागि विभिन्न सरोकारवाला र संस्थाहरूको योगदान बारे चर्चा गर्नुभयो । 

सो समारोहमा ११ भन्दा बढी समूहहरूले सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता रहेको थियो ।  कार्यक्रमको संचालन गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले गर्नु भएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विक र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…