Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

बाँकेमा पुर्णमासी मेला सुरु

डेक्स

डेक्स

बाँकेमा पुर्णमासी मेला सुरु
ADVERTISEMENT

नेपालगन्ज, ३० कात्तिक  ः आज कार्तिक शुक्ल पूर्णिमा (पुर्णमासी)को अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा मेला शुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा मेला शुरु भएको हो । 

कार्तिक पुर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेहरुको आज विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन । 

नदी तथा जलासयमा विहान स्नान गरि गौदान गर्ने, सिधा तथा अन्नलगायतका दान दिने गरिएको राप्ती नदीस्थित शिव मन्दिरका पुजारी पण्डित रामप्रताम मिश्र ‘शास्त्री’जी महाराजले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्नानको ठुलो महत्व छ, यो स्नान गर्नले माघे संक्रान्तिका दिनको जति फल मिल्छ, यो सुर्य भगवानको विकिरण पानीमा पर्ने भएकाले स्नान गरेपछि मानिसको शरिरमा चर्मरोग सम्वन्धी समस्या समेत निराकरण हुन्छ ।” 

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चर्तुमास समापन पश्चात शुभ कार्यको थालनी गर्ने चलन रहिआएको छ । पुर्णिमाका दिनदेखि विवाह तथा व्रतबन्धका साइतहरू शुरु हुने पण्डित मिश्रले बताउनुभयो । चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठुला पूजाआजा सबै सुरु हुन्छन् । 

पुर्णिमाको अवसरमा राप्ती नदीको सिधनिया घाटमा मेला लागेको छ । मेलामा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने स्थानीय मेला आयोजक समितिका भोला प्रसाद गुप्ताले बताउनुभयो । मेलामा साधु सन्तहरुको समेत उपस्थिती रहेको छ । 

राप्ती नदी सिधनियाघाटमा आज पुर्णिमाका दिन साँझ गंगा महाआरती हुने स्थानीय समितिका अध्यक्ष सुर्यलाल यादवले बताउनुभयो । 

यसैगरि बाँकेको जानकी र राप्तीसोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा तीन दिने मेला सञ्चालन भएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।  

पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् । मेलामा राती नौटकी नाच्, भजन किर्तन, सांस्कृतिक कार्यक्रमसमेत हुने जानकी गाउँपालिका वार्ड नंं १ का अध्इक्ष चन्द्रिकाप्रसाद गुप्ताले बताउनुभयो ।  

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा पनि प्रत्येका वर्ष तीनदिने डिग्रे मेला लाग्दै आएको छ । 
––– 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …