Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनबारे क्षमता अभिवृद्धि तालिम

डेक्स

डेक्स

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनबारे क्षमता अभिवृद्धि तालिम
ADVERTISEMENT

बर्दिया ८, पुस । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । 

तालिमको उदेश्य परियोजनाका साझेदार संस्थाहरूका पदाधिकारी र कर्मचारीहरू तथा पालिकाका विपद फोकल पर्सनहरुलाई जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र विपद् न्यूनीकरणकालागि मानवीय सहायता कार्यक्रम एवं विपद् जोखिममा परेकाहरूको उद्धार र राहत सहयोगको सन्दर्भमा आपतकालीन अवस्थामा मानवीय सहायता प्रदान गर्न क्षमता अभिवृद्धि गर्नु रहेको प्लान नेपालले जनाएको छ । 

सो तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी, कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका विपद् फोकल पर्सनहरू गरेर ३० जनाको सक्रिय  सहभागीता रहेको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको तालिमका समापन कार्यक्रममा मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले नगरपालिकाको विपद् र जलवायु परिवर्तनको अवस्थाका बारेमा जानकारी गराउँदै विपद् सम्बन्धी नीतिहरू विकास गर्ने र मानवीय सहायताका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

प्लान इन्टरनेशनल नेपालको कन्ट्री अफिस काठमाडौंका कृष्ण श्रेष्ठले जलवायु परिवर्तन, विपद जोखिम र मानवीय सहायता कार्यक्रमलाई क्रस कटिङ मुद्दाहरूको रूपमा लिनु पर्ने जनाउँदै सो बारेमा देशको रणनीति बारे प्रकाश पार्नुभयो । 

तालिमको प्रशिक्षकमा लोकनारायण पोखरेल रहनु भएको थियो भने समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट बोल्दै बढैयाताल गाउँपालिकाका विपद फोकल पर्सन रमेश पौडेलले जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायता जस्ता विषय अझै पालिकाको प्राथमिकतामा नपरेको र संघसंस्थाले मात्र काम गर्ने गरेको जनाउँदै पालिकाले पनि त्यसका लागि बजेट र कार्यक्रम बनाउनु पर्ने बताउनुभयो । सो अवसरमा सहभागिका तर्फबाट शान्ति चौधरीले पनि बोल्नु भएको थियो । 

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेना, प्लान इन्टरनेशनल नेपालका अनुगमन तथा मूल्यांकन विशेषज्ञ हसरत अली कसगर, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, साजिद अलि सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र कार्यक्रम अधिकृत ईश्वर बिकको पनि सहभागिता रहेको थियो ।  

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …