Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

डेक्स

डेक्स

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता
ADVERTISEMENT

नेपालगन्ज, १२ मङ्सिर : राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज बुधबार सम्झौता गरेको हो । 

राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ । लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ । 

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तीकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । 

राससका महाप्रबन्धक राईले गत वर्षदेखि सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राससले मातृभाषा (अवधी, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएको बताउनुभयो ।

गत वर्षदेखि सुरू भएको सेवाको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मका लागि सेवाको नवीकरण गरी सम्झौता गरिएको नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…