Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता

डेक्स

डेक्स

नयाँ आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता
ADVERTISEMENT

नेपालगन्ज, १२ मङ्सिर : राष्ट्रिय समाचार समिति (रासस)ले अवधी भाषाको समाचार सेवा प्रवाहका लागि चालु आर्थिक वर्षमा नयाँ सम्झौता गरेको छ । राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज बुधबार सम्झौता गरेको हो । 

राससका महाप्रबन्धक सिद्धराज राई र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ । लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससले विश्वास लिएको छ । 

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तीकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । 

राससका महाप्रबन्धक राईले गत वर्षदेखि सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यम बढी लाभ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राससले मातृभाषा (अवधी, मैथली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रूपमा उपलब्ध गराएको बताउनुभयो ।

गत वर्षदेखि सुरू भएको सेवाको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मका लागि सेवाको नवीकरण गरी सम्झौता गरिएको नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…