हडियाबाबामा महर्षि वाल्मिकी रामायण कथा वाचन हुदै
नेपालगन्ज ५ माघ ।अयोध्यामा निर्मार्णाधिन राम मन्दिरमा यही माघ ८ गते हुने प्राणप्रतिष्ठाको अवसरमा नेपालगन्जमा पनि राममय बनाईने भएको छ । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा स्थित हडियाबाबा आश्रममा शुक्रबारदेखि महर्षि वाल्मिकी रामायण कथा वाचन लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको...
गणपुरक संख्या नपुग्दा गाउसभा बैठक स्थगित
डुडुवा (बाँके) ४ माघ । बाँके डुडुवा गाउपालिकाको १५औँ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा आज दिउसो आवहान गरिएको १५औँ गाउसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय...
सानिमा रिलायन्सद्धारा भुकम्पपीडितका लागि न्यानो सिरक हस्तान्तरण
नेपालगन्ज ४ पुस । जाजरकोटका भुकम्प पीडितलाई न्यानो सामाग्री हस्तान्तरण गरिएको छ । चिसोमा भुकम्पपीडितलाई समस्या भएपछि सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले तीन सय थान फाइवर सिरक हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स...
नेपालगन्जका विद्यालयमा जाडो विदा
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा भोलिदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा...
रु. २० लाख बढीको अवैध सामान बरामद
नेपालगन्ज । अवैध रुपमा सामानको पैठारी भएपछि बाँकेमा शसस्त्र प्रहरीले गरेको जाँचमा लाखौंको अवैध समान फेला परेको छ । सशस्त्र प्रहरी बल नं। ३० बागेश्वरी गण बाँके र मातहतका युनिटले जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा, मोटरसाईकल पार्ट्स, लत्ताकपडा,...
नेपालगन्जमा योग दिवस
बाँके, १ माघ : योग समिति नेपालले आज नेपालगन्जमा नवौं राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरि योग दिवस मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको...
नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन
नेपालगन्ज, २९ पुस :नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको एजेण्डा प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक...
आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
काठमाडौँ, २७ पुस स् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुयाउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ...
अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इरिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इरिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो । नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इरिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि...
“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत
बाँके२५ पुस :सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेको प्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेको छ । राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको...
योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री
नेपालगञ्ज, पुस २४ । लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारका विभिन्न कार्यालय मार्फत सुरु भएका योजनाको अनूगमन अघि बढाउनुभएको छ । ठेक्का सम्झौता अनुसार समयभित्रै गुणस्तरयुक्त काम होस भनेर अनूगमन सुरु गरेको बाँके क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा...
नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण
नेपालगन्ज, २३ पुस । नेपालगञ्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो । नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको...
बाँके निकुञ्जमा पर्यटन बढाउन रोडम्याप
नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने रोड म्याप तयार गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको रोड...
विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर
नेपालगन्ज । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गुर्नभएको छ । सिंहदरबारमा सम्पन्न हस्ताक्षर नेपाल र भारतका...
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा
नेपालगन्ज । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउनुभएको छ ।नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आउनुभएको हो । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव...
कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान हुँदै
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न आज रक्त नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका...
गाडीको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु
नेपालगन्ज । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किएकालाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै सु.प्र.प्र ०१००१ च ३४६४ नं को स्कारपियो गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका...
कोहलपुरमा सामुदायिक जीन बैंक
नेपालगञ्ज बाँकेको कोहलपुर नगरपालिकामा सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद ९नार्क०का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । विद्यालयमा अध्ययन...
नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै
नेपालगन्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी...
जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता
नेपालगन्ज १५ पुस ।नेपालगञ्चले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिर्ता पठाइएको छ । अंग्रेजी नयाँ वर्षको एक वर्ष अवधिमा माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान...