Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डेक्स

डेक्स

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु
ADVERTISEMENT

डुडुवा (बाँके), ३१ बैशाख । डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । 

जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । 

पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । 

सर्भेक्षणमा विशेषगरि व्यक्तीगत, संस्थागत, र व्यवसायिक विवरण अन्र्तगतका सूचनाहरु संकलन गरिने सूचना प्रविधी अधिकृत शुरेसकुमार बर्माले बताउनुभयो । उहाँले विवरण संकलनकर्तालाई तालिम दिएर मोवइलमा जिपिएससंगै सफ्टवेयरमार्फत प्रत्येक व्यक्तीको प्रोफाईल तयार गरिने बताउनुभयो । 

डुुडुवामा रहेका १० हजार घुरधुरीको विवरण संकलन गरिनेछ । पालिकाले घरधुरी सर्भेक्षकलाई दुई दिनको तालिम दिएको छ । प्रयोगात्मक तालिममा विज्ञ परामर्शदाता त्रिलोचन भुषाल र सर्वज्ञ श्रेष्ठले अनलाईन सफ्टवेयरका बारेमा जानकारी गराउनुभएको थियो । अनलाईन सर्भेक्षणले व्यक्तीगत, संस्थागत, व्यवसायिक, शिक्षा, स्वास्थ्य कृषिलगायत सम्पुर्ण विवरण तयार हुनेछ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…