Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

डेक्स

डेक्स

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । 

क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो । 

दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरियो ।

ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले स्थानीय युवतिहरुले व्यवसायिक तालिमबाट सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै त्यसबाट व्यवसाय शुरु गरेर आफ्नो आर्थिक अवस्था बलियो पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । 

सो कार्यक्रममा ठाकुरबाबाका उपमेयर बिना कुमारी भट्टराईले यस्ता तालिमले आर्थिक विकासमा ठुलो सहयोग गर्ने जनाउँदै तालिमको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाइ र कृषि शाखाका विरेन्द्र रावतले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । तालिमका सहभागिको तर्फबाट बोल्दै अरुणा थारु र अनिता थारुले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायमा पसरवर्तन गर्ने अठोट गर्नुभयो ।  

सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्नुभयो । उहाँले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रमेश चौधरी, वडा नम्बर ६ का अध्यक्ष असराज न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष राज किरण चौधरी र वडा नम्बर ५ का वडा सदस्य थानदार चौधरीले पनि तालिमबाट सिकेको ज्ञानलाई आयआर्जनको माध्यम बनाउन अनुरोध गर्नुभयो । सो अवसरमा तालिमका सहभागि मध्ये राम कुमारी चौधरी र सुभेक्षा चौधरीले बोल्दै तालिमलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो । 

दुबै समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, उपाध्यक्ष पन्चम गुरुङ, सल्लाहकार सिराज खान, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहनु भएको थियो । तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…