Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

डेक्स

डेक्स

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । 

क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल कुखुरा पालन तालिम र बिषादीरहित तरकारी खेती तालिम तथा राजापुरमा सञ्चालन गरेको बाँसको हस्तकलाको सामाग्री बनाउने तालिम र बिषादीरहित तरकारी खेती तालिम सम्पन्न भएको हो । 

दुबै पालिकामा ३९० घण्टासम्म सञ्चालन गरिएका ती चारवटै तालिममा ५० जना युवतिहरुको सहभागिता रहेको थियो । ठाकुरबाबा र राजापुर दुबै नगरपालिकामा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर तालिमको समापन गरियो ।

ठाकुरबाबामा आयोजना गरिएको तालिमको समापन समारोहमा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले स्थानीय युवतिहरुले व्यवसायिक तालिमबाट सिकेको सीप र ज्ञानलाई निरन्तरता दिदै त्यसबाट व्यवसाय शुरु गरेर आफ्नो आर्थिक अवस्था बलियो पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । 

सो कार्यक्रममा ठाकुरबाबाका उपमेयर बिना कुमारी भट्टराईले यस्ता तालिमले आर्थिक विकासमा ठुलो सहयोग गर्ने जनाउँदै तालिमको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । 

सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाइ र कृषि शाखाका विरेन्द्र रावतले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । तालिमका सहभागिको तर्फबाट बोल्दै अरुणा थारु र अनिता थारुले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायमा पसरवर्तन गर्ने अठोट गर्नुभयो ।  

सोही प्रकारले राजापुर नगरपालिकामा आयोजना गरिएको तालिमको समापन कार्यक्रममा राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले तालिमका सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गर्नुभयो । उहाँले व्यवसाय स्थापना गर्दा अरुलाई पनि रोजगारी दिन सक्ने बताउँदै राजापुर नगरपालिकाले व्यवसायको दिगो स्थापनामा हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रमेश चौधरी, वडा नम्बर ६ का अध्यक्ष असराज न्यौपाने, वडा नम्बर ८ का वडा अध्यक्ष राज किरण चौधरी र वडा नम्बर ५ का वडा सदस्य थानदार चौधरीले पनि तालिमबाट सिकेको ज्ञानलाई आयआर्जनको माध्यम बनाउन अनुरोध गर्नुभयो । सो अवसरमा तालिमका सहभागि मध्ये राम कुमारी चौधरी र सुभेक्षा चौधरीले बोल्दै तालिमलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो । 

दुबै समापन कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, उपाध्यक्ष पन्चम गुरुङ, सल्लाहकार सिराज खान, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरु कञ्चन दहित र सञ्जिता रिजाल लगायत विभिन्न शाखाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहनु भएको थियो । तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …