Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

डेक्स

डेक्स

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकलको जनशक्तिको व्यवस्थापनमा खास ध्यान दिएको उल्लेख गर्दै चौबीसै घण्टा परिचालनका लागि दमकललाई तयारी अवस्थामा राखिएको छ । आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दमकल छैनन् ।  जिल्लाका तीन  स्थानीय तहसँग मात्र दमकल छ । नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक–एकवटा दमकल रहेको छ । 

त्यसैगरी, नेपालगन्ज विमानस्थालमा दुई र नेपाल आयल निगम राँझामा एउटा मात्र दमकल छ । यही दमकलले जिल्लाभित्र र बाहिर आगलागी भएमा आगो निभाउँदै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दमकलसँग सम्बन्धित व्यक्ति र सुरक्षा निकायको मुख्य समूहलाई फायर इमर्जेन्सी र फायर फाइटिङसम्बन्धी तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि डिएलएसएले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले गर्मीयाम सुरु भएसँगै आगलागी तथा डढेलोका घटना बढ्ने जोखिम रहेकाले त्यसको नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । आगलागी तथा डढेलोका कारण धनजनको क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गरी रोकथाम प्रभावकारी बनाउन डिभिजन वन कार्यालयले कार्ययोजना निमार्ण गरी लागू गर्ने, प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि विभिन्न वन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँगको समन्वयमा आगलागी नियन्त्रणका सामग्रीको व्यवस्थापन गर्ने, जिल्लास्थित सबै स्थानीय तहले आगलागी तथा डढेलोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रसारणमार्फत जनचेतना बढाउने निर्णय गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

सो बैठकले यही चैत २७ गते राति आएको हुरीबतास तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत २०८१ पुसदेखि हालसम्म आगलागीबाट प्रभावित छ घरपरिवारलाई रु ३५ हजार ५००  राहत रकम वितरण भएको र डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय वनकट्टी ९ख० मा रहेको भवनमा क्षति भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको मौज्दातमार्फत दुई थान टेन्ट र चार थान त्रिपाल उपलब्ध गराइएकाले उक्त राहत रकम तथा सामग्री वितरण कार्यलाई बैठकले अनुमोदन गरेको छ ।  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …