Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

डेक्स

डेक्स

‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकलको जनशक्तिको व्यवस्थापनमा खास ध्यान दिएको उल्लेख गर्दै चौबीसै घण्टा परिचालनका लागि दमकललाई तयारी अवस्थामा राखिएको छ । आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा दमकल छैनन् ।  जिल्लाका तीन  स्थानीय तहसँग मात्र दमकल छ । नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक–एकवटा दमकल रहेको छ । 

त्यसैगरी, नेपालगन्ज विमानस्थालमा दुई र नेपाल आयल निगम राँझामा एउटा मात्र दमकल छ । यही दमकलले जिल्लाभित्र र बाहिर आगलागी भएमा आगो निभाउँदै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दमकलसँग सम्बन्धित व्यक्ति र सुरक्षा निकायको मुख्य समूहलाई फायर इमर्जेन्सी र फायर फाइटिङसम्बन्धी तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि डिएलएसएले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले गर्मीयाम सुरु भएसँगै आगलागी तथा डढेलोका घटना बढ्ने जोखिम रहेकाले त्यसको नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । आगलागी तथा डढेलोका कारण धनजनको क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गरी रोकथाम प्रभावकारी बनाउन डिभिजन वन कार्यालयले कार्ययोजना निमार्ण गरी लागू गर्ने, प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि विभिन्न वन कार्यालयले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँगको समन्वयमा आगलागी नियन्त्रणका सामग्रीको व्यवस्थापन गर्ने, जिल्लास्थित सबै स्थानीय तहले आगलागी तथा डढेलोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रसारणमार्फत जनचेतना बढाउने निर्णय गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

सो बैठकले यही चैत २७ गते राति आएको हुरीबतास तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत २०८१ पुसदेखि हालसम्म आगलागीबाट प्रभावित छ घरपरिवारलाई रु ३५ हजार ५००  राहत रकम वितरण भएको र डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय वनकट्टी ९ख० मा रहेको भवनमा क्षति भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको मौज्दातमार्फत दुई थान टेन्ट र चार थान त्रिपाल उपलब्ध गराइएकाले उक्त राहत रकम तथा सामग्री वितरण कार्यलाई बैठकले अनुमोदन गरेको छ ।  

ताजा

सबै

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…