Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रण गर्न गतिबिधी संचालन गर्ने निर्णय

डेक्स

डेक्स

बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रण गर्न गतिबिधी संचालन गर्ने निर्णय
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आज बसेको बैठकले यो बर्षको गर्मीयाम सुरु भएसंगै आगलागी तथा वन(डढेलोका घटनाहरु बढ्ने जोखिम रहने हुदाँ त्यसको नियन्त्रणको लागि विभिन्न गतिविधिहरु गर्ने निर्णय गरेको हो । 

जस अनुसार आगलागी तथा वन (डढेलोका कारण धनजनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गरी वन(डढेलो तथा आगलागी रोकथाम प्रभावकारी बनाउन डिभिजन वन कार्यालयले कार्य योजना निमार्ण गरी लागू गर्ने, डढेलो तथा आगलागी नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतनाका अभियान सञ्चालन गर्ने, आगलागी तथा वन डढेलोको पूर्व तयारी तथा जोखिम न्यूनीकरणका लागि विभिन्न वन कार्यालयले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रसंगको समन्वयमा आगलागी नियन्त्रणका सामग्रीको व्यवस्थापन  गर्ने, जिल्लास्थित सबै स्थानीय तहहरुले आगलागी तथा डढेलोको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न भाषामा जनचेतनामूलक सन्देश तयार गरी प्रकाशन तथा प्रशारणमार्फत जनचेतना बढाउने निर्णय गरिएको छ ।

यसैगरी सहरी क्षेत्रमा विद्युतीय आगलागीका घटनाहरु बढिरहेकाले कार्यालय, पसल, प्रतिष्ठान, कलकारखानामा आगो निभाउन फायर स्ट्रेगुंसर अनिवार्यरुपमा राख्ने, आफ्ना पसल, प्रतिष्ठान, कलकारखाना बन्द रहेको अवस्थामा रातीको समयमा विद्युतको मेन स्वीच बन्द गरी विद्युतीय आगलागीको जोखिम न्यूनीकरण गर्न उद्योग बाणिज्य संघले सन्देश प्रकाशन र प्रशारण गर्ने, सबै सामुदायिक तथा निजी बिद्यालयहरुमा आगलागी तथा डढेलो नियन्त्रण सम्बन्धि सचेतना अभिबृद्धि हुने खालको अभियान सञ्चालन गर्ने, आगलागी नियन्त्रणसम्बन्धि श्रोत र सामग्रीहरु अद्यावधिक गर्ने निर्णय भएका छन् ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको बैठकले दमकलसँग सम्बन्धित व्यक्तिहरु र सुरक्षा निकायको मुख्य टिमहरुलाई फायर इमरजेन्सी र फायर फाइटिंगसम्बन्धि तालिमको व्यवस्था गर्न प्राविधिक सहयोगका लागि जिल्लाको अगुवाई गर्ने सहयोगी निकाय डिएलएसएले आवश्यक सहजीकरण गर्ने, बाँके तथा वर्दिया राष्ट्रिय निकुञ्जमा हरेक वर्ष आगलागी तथा वन(डढेलो भइरहने र त्यसको प्रभाव नजिकको समुदायहरुमा पर्ने भएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहहरुसँग समन्वय गरी दुवै राष्ट्रिय निकुञ्जलाई अनुरोध गर्ने, आगलागी तथा वन(डढेलो नियन्त्रणका लागि हाल जिल्लामा रहेका सवै दमकललाई चौबिसै घण्टा परिचालन हुन सक्ने गरी सवारी चालक, इन्धन, पानीसहित तयारी अवस्थामा राख्न सम्बन्धित नगरपालिका र गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

गर्मी मौसम सुरु भइसकेको अवस्था तथा आगलागी, वन (डडेलो, तातो हावा (लू), हावाहुरीको जोखिम बढी हुने भएकाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लू) तथा वन डढेलो पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ बारे बैठकमा छलफल गरी योजनाका सन्दर्भमा प्राप्त सुझावलाई समेटिने गरी परिमार्जनसहित अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै स्थानीय तह, सरोकारवाला सवै निकायले आ(आफ्नो जिम्मेवारी अनुसार पूर्व तयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वर्ष अद्यावधिक गरी तयार पार्ने जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ को १९‌औं संस्करण अद्यावधिक गर्नुका साथै मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ बैशाख मसान्तभित्र तयार गर्ने, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको समन्वयमा योजना निर्माण तथा छपाई सहयोग नेपाल रेडक्रस सोसाइटी बाँके शाखा, वी ग्रुप, केयर नेपाल, सेभ द चिल्ड्रेन, एसडिएफले प्राविधिक सहयोग गर्ने, सबै विषयगत क्षेत्रले पनि गत वर्षझै बैशाख मसान्तभित्र अद्याविधक विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलव्ध गराउने, स्थानीय तहहरुले तयार गर्नुपर्ने स्थानीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न अनुरोध गर्ने र सो कार्यमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरिएको छ । 

यस्तै बैठकले यही चैत्र २७ राती आएको हावाहुरी तथा २७ र २८ गते भएको वर्षाले पुर्याएको क्षतिबारे बैठकमा जानकारी आदानप्रदान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिमार्फत २०८१ पौषदेखि हालसम्म आगलागीबाट प्रभावित ६ घरधुरीलाई ३५ हजार ५ सय रुपैयाँ राहत रकम वितरण भएको र डुडुवा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बनकट्टी ुखु मा रहेको भवनमा क्षति भई जिल्ला विपद व्यवस्थापन समितिको मौज्दातमार्फत २ थान टेन्ट र ४ थान त्रिपाल उपलव्ध गराइएकोले उक्त राहत रकम तथा सामग्री वितरण कार्यलाई अनुमोदन गरिएको छ । 

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा गत फागुन २५ गते बसेको अन्तरपालिका समन्वय बैठकबाट विपद व्यवस्थापन सम्वन्धमा भएको अन्तरपालिका साझा समझदारी पत्रका बारेमा बैठकमा जानकारी आदानप्रदान गरिएको छ ।


 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…