Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

३० जना किशोरी (साथी सहजकर्ता) तयार

सम्वाददाता

सम्वाददाता

३० जना किशोरी (साथी सहजकर्ता) तयार
ADVERTISEMENT

नेपालगन्ज, ५ बैशाख । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । 

किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम दिएर साथी सहजकर्ता तयार गरिएको छ । शसक्त महिला समृद्ध नेपाल परियोजना अन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्धारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुर जिल्लाका ३० जना किशोरीहरुको सहभागिता रहेको थियो । 

तालिममा रुपान्तरणका १५ विषयबस्तुहरु मेरो संसार, आत्मजागरण, अधिकार र कर्तव्य, लैङ्गिकता र सामाजिक समाबेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, प्राकृतिक स्रोतहरु, प्राकृतिक प्रकोपबाट हुने जोखिमको व्यवस्थापन, खर्च वचत, यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिकतामा आधारित हिंसा, लघु उद्यम विकासलगायतमा आधारित ज्ञान सिप प्रदान गरिएको युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताउनुभयो । 

तालिम पश्चात सहभागीहरुले समुदायस्तरमा छुट्टा छुट्टै ४२ वटा सत्र सञ्चालन गर्ने परियोजना कार्यक्रम संयोजक शर्मिला पौडेलले बताउनुभयो । उहाँका अनुसार दुर्गम ग्रामिण क्षेत्रका किशोर किशोरीहरुको जिवनशैली परिवर्तन गर्न यो अभियान संचालन गरिएको छ । किशोरीहरुमा विभिन्न विषयसंग सम्वन्धित ज्ञान, सिपमार्फत सचेत बनाएर उनीहरुको जिवनस्तर परिवर्तन गरिने छ । 

तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिनुभएको थियो । तालिमको समापन कार्यक्रममा युनिसेफ कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सन्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमरज जोशीलगायतले किशोरीको विकासका लागि आ–आफ्नो धारणा राख्नुभएको थियो । 


ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…