Pairabi logo

माघ ०८, २०८२, बुधबार                    

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै

डेक्स

डेक्स

सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै
ADVERTISEMENT

नेपालगन्ज । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । 

किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम नेपालगन्जमा सञ्चालन गरिएको छ । तालिममा रुपान्तरणका १५ विषयबस्तुहरु मेरो सेरोफेरो, आत्म जागरण, अधिकार र कर्तव्य, लिङ्ग–लैङ्गिकता, किशोरावस्था, राम्रो बानी, पोषण, नागरिक सहभागिता, प्राथमिक उपचार, खर्च वचत, यौन तथा प्रजनन अधिकार लगायतमा आधारित ज्ञान सिप प्रदान गरिने युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले बताउनुभयो । 

इयु शसक्त महिला समृद्ध नेपाल परियोजना अन्र्तगत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतद्धारा आयोजित तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत बाजुरा, डोटी र कञ्चनपुर जिल्लाका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । 

तालिम पश्चात सहभागीहरुले समुदायस्तरमा छुट्टा छुट्टै ४२ वटा सत्र सञ्चालन गर्ने परियोजना कार्यक्रम संयोजक शर्मिला पौडेलले बताउनुभयो । उहाँका अनुसार दुर्गम ग्रामिण क्षेत्रका किशोर किशोरीहरुको जिवनशैली परिवर्तन गर्न यो कार्यक्रम संचालन गरिनेछ । 

तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षण दिनुहुने जनाइएको छ । तालिमको उद्घाटन कार्यक्रममा युनिसेफ धनगढी फिल्ड कार्यालय प्रमुख इन्द्रराज पन्त, बालसंरक्षण अधिकृत प्रकाश कैनी, श्रृजना नेपाल, कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सान्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमरज जोशी, कार्यसमिति सदस्य मनु जोशी लगायतले किशोरीको विकासका लागि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

ताजा

सबै

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

लोकप्रिय

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …