Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने

डेक्स

डेक्स

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने
ADVERTISEMENT

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । 

उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । 

सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारलाई स्थानीयस्तरमा मानव बेचबिखन विरुद्ध विभिन्न योजना बनाउन र कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास लिएको पनि सो अवसरमा बताउनुभयो । गाउँपालिकाले समितिलाई आफ्नो उदेश्य पुरा गर्न हरेक प्रकारको सहयोग दिने प्रतिवद्धता पनि उपमेयर चौधरीले व्यक्त गर्नुभयो । 

उक्त बैठकमा मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुको सक्रिय उपस्थिति र सहभागिता रहेको थियो भने बैठकको सञ्चालन समितिका सदस्य इन्द्रा चुनाराले गर्नुभएको थियो । बैठकलाई सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकले सहजीकरण गर्नुका साथै संस्था र परियोजनाको उदेश्य र कार्यक्रम बारे जानकारी गराउनु भएको थियो भने अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर सावित्रा भाटले सो कार्यमा उहाँलाई सहयोग गर्नुभएको थियो । 

परियोजना संयोजक बिकका अनुसार बैठकले मधुवन नगरपालिकाका सबै वडाहरूमा वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गर्ने निर्णय गर्दै पालिकास्तरीय समितिले हालसम्म गरेको प्रगति र उपलब्धीको समीक्षा समेत गरेको थियो भने बालबालिका बेचबिखन नियन्त्रण समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने योजना समेत निर्माण गरेको थियो ।  

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …