Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने

डेक्स

डेक्स

मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने
ADVERTISEMENT

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । 

उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । 

सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय सरकारलाई स्थानीयस्तरमा मानव बेचबिखन विरुद्ध विभिन्न योजना बनाउन र कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास लिएको पनि सो अवसरमा बताउनुभयो । गाउँपालिकाले समितिलाई आफ्नो उदेश्य पुरा गर्न हरेक प्रकारको सहयोग दिने प्रतिवद्धता पनि उपमेयर चौधरीले व्यक्त गर्नुभयो । 

उक्त बैठकमा मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुको सक्रिय उपस्थिति र सहभागिता रहेको थियो भने बैठकको सञ्चालन समितिका सदस्य इन्द्रा चुनाराले गर्नुभएको थियो । बैठकलाई सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकले सहजीकरण गर्नुका साथै संस्था र परियोजनाको उदेश्य र कार्यक्रम बारे जानकारी गराउनु भएको थियो भने अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर सावित्रा भाटले सो कार्यमा उहाँलाई सहयोग गर्नुभएको थियो । 

परियोजना संयोजक बिकका अनुसार बैठकले मधुवन नगरपालिकाका सबै वडाहरूमा वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गर्ने निर्णय गर्दै पालिकास्तरीय समितिले हालसम्म गरेको प्रगति र उपलब्धीको समीक्षा समेत गरेको थियो भने बालबालिका बेचबिखन नियन्त्रण समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने योजना समेत निर्माण गरेको थियो ।  

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…