Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

डेक्स

डेक्स

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन
ADVERTISEMENT

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । 

मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी–ग्रुपको सहकार्य र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको सो छलफल कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको  प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिने बिषयमा केन्द्रित रहेको थियो ।

कार्यदलबाट उपलब्ध गराईएको प्रस्तावित मस्यौदामाथि कर्णाली प्रदेश शिक्षा समिति सदस्य जित बहादुर शाहद्वारा प्राविधिक सहयोग गर्दै प्रस्तुतीकरण गरिएको थियो । 

शिक्षा योजना र नीतिको अन्तिम उद्देश्य भनेको नगरभित्रको शिक्षास्तर र सिकाइ उपलब्धिमा सुधार ल्याउनु, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याई उनीहरूको शिक्षाको आधारभूत अधिकार सुनिश्चित गर्नु, शिक्षक दरबन्दी समायोजन गर्नु र गुणस्तरीय शिक्षाको प्रवाह गर्नु हो  । 

सो अवसरमा प्रस्तुतीकरण गरिएको मस्यौदाउपर समूहगत रुपमा ब्यापक छलफल गर्न र सुझाव संकलनकालागि बाँके युनेस्को क्लवका उप निर्दशक गोबिन्द प्रसाद लामिछानेले र बि ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले महत्त्वपूर्ण भुमिका खेल्नु भएको नगर प्रवक्ता मेक बहादुर गुरुङले जानकारी गराउनुभयो । 

थप सुझाव संकलन गर्न मस्यौदालाई नगरपालिकाको वेबसाइटमा अपलोड गरिने जनाईएको छ ।  शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालका अनुसार प्राप्त भएका महत्वपूर्ण सुझावहरू समेटेर कार्यपालिका बैठकमा छलफल गरी अन्तिम नीति प्रकाशित गरिनेछ ।

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

यो पनि

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…