Pairabi logo

असोज २४, २०८३, शनिबार                    

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

डेक्स

डेक्स

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन
ADVERTISEMENT

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । 

मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी–ग्रुपको सहकार्य र मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको सो छलफल कार्यक्रम मधुवन नगरपालिकामा गठित कार्यदलको लामो छलफलबाट तयार गरिएको  प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिने बिषयमा केन्द्रित रहेको थियो ।

कार्यदलबाट उपलब्ध गराईएको प्रस्तावित मस्यौदामाथि कर्णाली प्रदेश शिक्षा समिति सदस्य जित बहादुर शाहद्वारा प्राविधिक सहयोग गर्दै प्रस्तुतीकरण गरिएको थियो । 

शिक्षा योजना र नीतिको अन्तिम उद्देश्य भनेको नगरभित्रको शिक्षास्तर र सिकाइ उपलब्धिमा सुधार ल्याउनु, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याई उनीहरूको शिक्षाको आधारभूत अधिकार सुनिश्चित गर्नु, शिक्षक दरबन्दी समायोजन गर्नु र गुणस्तरीय शिक्षाको प्रवाह गर्नु हो  । 

सो अवसरमा प्रस्तुतीकरण गरिएको मस्यौदाउपर समूहगत रुपमा ब्यापक छलफल गर्न र सुझाव संकलनकालागि बाँके युनेस्को क्लवका उप निर्दशक गोबिन्द प्रसाद लामिछानेले र बि ग्रुपका शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले महत्त्वपूर्ण भुमिका खेल्नु भएको नगर प्रवक्ता मेक बहादुर गुरुङले जानकारी गराउनुभयो । 

थप सुझाव संकलन गर्न मस्यौदालाई नगरपालिकाको वेबसाइटमा अपलोड गरिने जनाईएको छ ।  शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालका अनुसार प्राप्त भएका महत्वपूर्ण सुझावहरू समेटेर कार्यपालिका बैठकमा छलफल गरी अन्तिम नीति प्रकाशित गरिनेछ ।

ताजा

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…