Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक

सम्वाददाता

सम्वाददाता

युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक
ADVERTISEMENT

बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । 

उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । 

मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि  भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । 

क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीका अनुसार बैठकमा मानव बेचबिखन, त्यसको मूल कारण, न्यूनीकरणका उपायहरू, बाल बेचबिखन रोक्न अभिभावकको भूमिका र आफ्ना बच्चाहरूलाई सबै प्रकारका हिंसाबाट कसरी जोगाउने भन्ने विषयमा अभिभावक शिक्षा सत्रमा युवा दूतहरूलाई अभिमुखीकरण गरिएको थियो । 

बैठकको सहजीकरण परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने फिल्ड सुपर भाईजर सावित्रा भाटले सहजीकरणमा सहयोग गर्नु भएको थियो । साथै सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक पव्रेज अली सिद्दीकी, कोषाध्यक्ष फिरदोस जहाँको बिशेष उपस्थिति रहेको थियो । 

क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना मार्फत राजापुर र मधुबन नगरपालिकाका गरि जम्मा ४० जना युवा दूतहरुलाई मानब बेचबिखन बिरुद्धको अभियानमा परिचालन गरिएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…