Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक

सम्वाददाता

सम्वाददाता

युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक
ADVERTISEMENT

बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । 

उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । 

मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि  भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । 

क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीका अनुसार बैठकमा मानव बेचबिखन, त्यसको मूल कारण, न्यूनीकरणका उपायहरू, बाल बेचबिखन रोक्न अभिभावकको भूमिका र आफ्ना बच्चाहरूलाई सबै प्रकारका हिंसाबाट कसरी जोगाउने भन्ने विषयमा अभिभावक शिक्षा सत्रमा युवा दूतहरूलाई अभिमुखीकरण गरिएको थियो । 

बैठकको सहजीकरण परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने फिल्ड सुपर भाईजर सावित्रा भाटले सहजीकरणमा सहयोग गर्नु भएको थियो । साथै सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक पव्रेज अली सिद्दीकी, कोषाध्यक्ष फिरदोस जहाँको बिशेष उपस्थिति रहेको थियो । 

क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना मार्फत राजापुर र मधुबन नगरपालिकाका गरि जम्मा ४० जना युवा दूतहरुलाई मानब बेचबिखन बिरुद्धको अभियानमा परिचालन गरिएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…